Posted by: pops February 23, 2008
जन्ती जाने भैयो
Login in to Rate this Post:     0       ?        

साथीसङ अनलाइन गफ गर्दै थे, उत्तम पनि टुप्लुक्क देखापर्यो। फुर्सद भा'को बेलामा यही हुन्छ काम भनेको।

"के छ साथी?" मैले नै सुरु गरे।

साथीले त बाल मतलब दिदैन यार। बज गरे। हुनत उसलाई स्वाद लाग्यो भने जस्ता कुरा पनि गर्छ। स्वाद नलागे नचिने झै। आजभोलि उसलाई स्वाद लाग्ने बिषय बस्तु भनेको केटीकै कुरा हो। केटीको कुरा गर्दिने हो भने घन्टौ पनि बात मारिदिन्छ।

"एकछिन पर्खे न केटा- तलाई खुशीको कुरा सुनाउछु।" केहि छिन पछि बल्ल फर्कायो।

केमा ब्यस्त होला त यो? मन मनै सोचे। पक्कै कुनै केटीसङ गफ् मार्दै होला। उ ब्यस्त छ भन्ने गेस गरे पछि म पनि मेरा अरु नै ग्राहक तिर लागे। ग्राहक मतलब अनलाइन भा'का अरु साथि तिर।

"मेरो खोला त उत्तर तिरै बग्ला जस्तो छ।" मैले त बिर्सिसक्या थे उत्तमे अनलाइन छ भनेर। उसको खोला उत्तर बग्ने भने पछि केहि राम्रै हुन लागेछ भनेर अनुमान लगाउन मलाई अैतबार नै कुर्न परेन। अहिले सम्म जति केटी सङ प्रस्ताव राख्यो उतिले नै ढाड फर्काएर देखाइदेका थे। भने पछि एुटिले ग्रीन सिग्नल दिछे।

"भने पछि राम्रै भो। तर धेरै आश नगरहै केटा यस्ले पनि धोका दि भने त फेरि सास जाला।" मैले खासै महत्व देन।

फोन बज्यो। नम्बर नहेरि उठाए। उत्तमकै रैछ।

"केटी त पट्टी नि यार।" सार्है खुशी मुडमा प्रस्तुत भयो साथी। च्याट मा कसले कुरोस। फोनमा गरेको गफको मजा नै अर्कै हुन्छ नि। "के भनि त"।

"पहिलेको उत्तरको लागी सरि भनि अनि अब त म सङ बिहे गर्न तयार छु भन्छे यार।" अनि उ भन्दै गयो। अरुलाई त कहा बोल्न दिन्छ र।

"उस्ले माने पछि त भैहाल्यो नि। केटी त बोल्ड रैछे यार। बाउ आमाले नमाने पनि ब्या गर्न तयार छे अबत।ुस्को बोलिले त मख्ख पार्यो मलाई त।"

कुन केटीको बोलिले मोहनि लाएनर तलाई। मैले पनि भन्न के बाकि राख्ते र। नजिकको साथीमा यही त रमाइलो हुन्छ। अनि के के भनि त यार तेरि हुने वाली घरवाली ले। मलाई पनि कुरो सुन्न रमाइलै हुन्छ। किन हुन्नथ्यो र। उ थप्दै गयो।

"अस्तिको इमेलमा मेरो गल्ती भयो भनेर रोइ यार। मैले त चाहेकै हो। अब उ पनि रेडि भएपछि ब्या त हुने नै भो।" अझै गम्क्यो साथी। मानौ कि ब्याटल जितेको सेना कमान्डर झै। के ब्याटल मात्रै पुरै युध्धनै जितेको भने पनि भयो।

"पुरै एक घन्टा गफ गरियो। भोली उसैले नै फोन गर्छु भनेकि छ।" एक हप्ता अघि को उत्तम र अहिलेको उत्तममा १८० डीग्रीको फरक पाए मैले। उ जस्तो साथी पाउनु मा यही नै मजा छ। कुनै कुरो लुकाउदैन। अनि कुनै पनि कुरालाइ उत्साहित भएर सुनाउछ।हप्ता दिन अघि तेहि केटीले पठाको इमेल ले उस्को होस हवास नै गुमेको थियो।यो चाइ पुरै खाली शरिरमा आत्मा भरेझै गरेर आयो।

क्रमश>>>>>>>>

Last edited: 29-Feb-08 04:48 PM
Read Full Discussion Thread for this article