Posted by: भउते February 22, 2008
Login in to Rate this Post:     0       ?        

सबेरै फूलहरु टिप्दा पातहरु रुनेछन्

पर्ख बिहान सम्म, पर्ख शीत मरुन्जेल

 

नेपे-गुरु, यो शेरले साँच्ची नै मेरो बाल्यकालको स्मृति छताछुल्ल पारिदियो। सानो छँदा दिन-दिनै बिहान बिहानै घरमा पुजाको लागि फूल टिप्ने जिम्मेवारी मेरो हुन्थ्यो। अनि हतार हतार बिहानै फूल टिप्न खोज्दा आमाले "एकछिन पर्ख शीत ओबाउन देउ" भन्नुहुन्थ्यो।   तपाईँको गहन र बहुअर्थी शेरलाई पिन्जडामा कैद गर्न खोजेको चैँ पक्कै हैन है, आफ्नो सम्झना बाँडेको मात्र।  

 

 

Last edited: 25-Feb-08 04:26 AM
Read Full Discussion Thread for this article