Posted by: SurNaTal February 22, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ अमेरिकामा कपाल कटाको खर्छ चाँही खै नि?

मेरो यस्तो छ।

अमेरिका छिरेको आज २ बर्ख ६ महिना।

 
    
 

पहिला पहिला एक्लै हुँदा बन्टी भनिने गफाडीकोमा २ पटका गएको, ६ महिनामा, पुरै खुइल्याय बापट $८ प्रती पटका = १६


तेस्पछी एउटा सिकारु हजाम्नी भेटेको, कपाल बिग्रे पिग्रे केही नजानी भन्दै काट्थी,

आफुलाई कोही तरुनिलाई देखाउनु नपर्ने भाकोले जे भए नि शही, एक बर्खमा ४ पटका, प्रती पटक ४ र ५० सेन्ट टिप्सो, गरेर जम्मा १८


तेस्पछी आफ्नै रामप्यारी प्राक्टिस गर्ने थलो मेरो टाउको, महिनै पिच्छे मुडुल्याउने,  कपाल कोही अग्लो, कोही होचो, कतै खल्डो कतै डाँडो, खर्च फिरी,

जम्मा २ बर्ख ६ महिनाको ३४
यही प्रकारले अरु ५ बर्ख अमेरिका बसुन्जेललाई ठुलिको १ पटक कपाल काट्ने पोइसो प्रसस्त।

यस्तै रहेछ नि नारान।

Read Full Discussion Thread for this article