Posted by: super007 February 22, 2008
Prakiti Giri - Vote for me please like you voted for Prashant...
Login in to Rate this Post:     0       ?        
Look whats' happening in Nepal because of India!
 
'मधेशी मोर्चा 'र' बाट संचालित'
तराईमा आन्दोलनरत मधेशी जनअधिकार फोरम बिश्वास समूहका नेता किशोर बिश्वासले मधेशी मोर्चा भारतीय गुप्तचर संस्था 'र' बाट संचालित रहेको आरोप लगाएका छन् ।

मधेशी जनअधिकार फोरम बिश्वास समूहका अध्यक्ष किशोर बिश्वासले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भारतीय गुप्तचर संस्थाबाट संचालित रहेको आरोप लगाएका छन् । फागुन ९ गते राजधानीमा रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बिश्वासले भारतीय दुतावासको दवावमा मोर्चाले सरकारसँग सम्झौता गर्नलागेको पनि दावी गरे । बिश्वासले आफू संलग्न संघीय गणतान्त्रिक मोर्चाले संविधानसभा चुनाव पूर्ण समानुपातिक प्रणालीमा हुने निश्चित नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

बिश्वास संलग्न ६ समूहको मोर्चाले पत्रकार सम्मेलनमा सरकारले आफूसँगको वार्तालाई गम्भीरतापूर्वक नलिएकोमा आक्रोश पनि पोखेको छ । फागुन ९ गते सरकारका मन्त्री रामचन्द्र पौडेलसँगको वार्ता बिना निश्कर्ष समाप्त भएको पनि बिश्वासको दावी थियो । वार्ताका लागि मिश्रित निर्वाचन प्रणाली खारेज हुनुपर्ने, प्रहरी दमन बन्द हुनुपर्ने र मोर्चाको घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कमल छाराहाङलाई रिहा गर्नुपर्ने शर्त बिश्वासले सरकारसँग राखेका छन्।

http://www.himalkhabar.com/news.php?id=650

Read Full Discussion Thread for this article