Posted by: Nepe February 22, 2008
Login in to Rate this Post:     0       ?        

चेली-हजुर,

 

मलाई पनि लाग्दैन राहुलज्यूको आसय त्यही हो; वहाँजस्तो पठित र अनुभवी, अझ खास गरेर वहाँ स्वयं पनि मधेसी जत्तिकै नभए पनि सापेक्षिक रुपले न्युन-समाविष्ट नै भन्नुपर्ने सम्प्रदायको, हुनु भएको आधारमा । सम्भवत: भानुभक्त, सरुभक्त र अन्धभक्त को काफियावन्दीको शिकार हुन पुग्यो कविता, किनभने विषय र प्रसंग (नेपालको) ले त्यस्तै अर्थ लाग्न पुग्छ ।

 

जे भए पनि पिडीत पक्षको व्यवहारलाई, उत्ताउलो र अतिवादी नै भएपनि अलिकता समझदारी र सहानुभूतिको दृष्टिले हेर्नैपर्छ भन्ने मेरो आग्रह हो ।

 

Nepe

Read Full Discussion Thread for this article