Posted by: luoshi February 21, 2008
यसरी भयो भक्तपुरमा तहसलिला...
Login in to Rate this Post:     0       ?        

 भक्तपुर नगरपालिकाका कृष्णप्रसाद सुवालको हत्याको विरुद्धमा स्वतःस्फूत रुपमा निस्केको प्रदर्शन अराजक बन्दै गएपछि स्थानीय प्रशासनले गत शुक्रबार बेलुकी लगाएको कफर्र्युका क्रममा थप एक जनाको मृत्यु भएपछि आक्रोशित बनेका भक्तपुरबासीहरु अझै पनि शान्त बन्न सकेका छैनन् । कफर्युको समयमा घर र्फकने क्रममा सडकमा निस्केका भक्तपुर नगरपालिका-७ का ३० वषीय गंगाराम लागेजुलाई प्रहरीले गोली हानी हत्या गरेपछि

More...स्थानीयस्तर आतंकित भएको छ भने आइतबारसम्म पनि फाट्टफुट्ट रुपमा पर््रदर्शनहरु चलि नै रहेका थिए । शनिबारसम्म पनि भक्तपुर पूण्ा रुपमा तनावग्रस्त बनेको थियो । प्रहरी र पर्रदर्शनकारीबीच भएको दोहोरो झडपका क्रममा भक्तपुर क्षेत्रका विभिन्न ऐतिहासिक मन्दिर तथा संग्रालयहरुमा तोडफोड र आगलागी भएको थियो । शनिबार सात दल र स्थानीय प्रशासनको संयुक्त बैठकले मृतक लागेजुका परिवारलाई तत्कालका लागि काज-किरिया खर्चबापत १५ हजार राहत दिने र १० लाख क्षतिपर्ुर्तिका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने निर्ण्र्ाागरेको थियो । केटी जिस्क्याएको विषयबाट हत्यासम्मको घटना घटेको विषयलाई लिएर एकाएक उग्र पर््रदर्शनमा परिणत भएको परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले भक्तपुरमा व्यापक रुपमा प्रहरी परिचालन गरेको छ । नगरपालिका १४ का स्थानीय कृष्ण सुवाललाई नपा ११ का विष्णु द्यौला र निजका छोरा माइक भनिने विष्णुकुमार द्यौलाले मिलेर हत्या गरेको घटनाले भक्तपुरलाई अचानक अशान्त बनाइदिएको थियो । आक्रोशित स्थानीय युवाहरुको भिडले सुवालको हत्या भएलगत्तै हत्यारा आरोपित द्यौला परिवारको घरमा आगजनीसमेत गरेको थियो । स्थानीयहरुका अनुसार हत्यारा द्यौला बाबु-छोरालाई प्रहरीले हिरासतमा राखेको भएपनि उनीहरुलाई सजायको सट्टा स्थानीय प्रशासनले ठूलो सम्मानका साथ राखेको थियो । स्थानीयस्तरमा प्रहरीले त्यसरी सम्मान दिएर राखेका हत्याराहरुले सजाय नपाउने निश्चितभएपछि एकाएक जिल्ला प्रहरी कार्यालय घेराउबाट सुरु भएको स्थानीय आक्रोश गत शुक्रबार बिहानैबाट नगरपालिका क्षेत्रका दरबार स्क्वायर, तौमढी, दत्तँत्रेयलगायतका स्थानहरुमा आगजनी तथा ढुंगामुढामा पुगेर केन्द्रित भएको थियो । स्थानीयबासीहरुको पर््रदर्शनले उग्रता लिदै गएपछि बाध्य भएर जिल्ला प्रशासनले नगरपालिका आसपासका क्षेत्रमा शुक्रबार बेलुकी ७ बजेबाट ९ घण्टे कफर्र्यु आदेश जारी गरेको थियो । विरोध कार्यबाट एकाएक अराजकतामा परिणत भएको भिडलाई तितरवितर पार्ने क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्या“स प्रहार गरेको थियो भने लाठी चार्जमा परी झण्डै तीन दर्जनजति व्यक्तिहरु घाइते भएका थिए । घाइतेमध्येका बालकोटका विजय र्राई, भार्वाचोकका रामकृष्ण र कटुञ्जेका लोहला सामान्य उपचारपश्चात् घर फर्किएको अस्पताल स्रोतले जानकारी दिएको छ भने सन्दिप केसी र सुरज नागाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । यसैबीच भक्तपुरमा एकाएक फैलिएको पर््रदर्शन गलत र भ्रामक हल्ला फैलाइएका कारण घटेको प्रमुख जिल्ला अधिकारी डिल्लीप्रसाद सिवाकोटीले बताएका छन् । उनका अनुसार हाल स्थानीयस्तर शान्त हु“दै गइरहेको छ ।

source www.samayasamaj.com.np

 

Read Full Discussion Thread for this article