Posted by: fucheketo February 21, 2008
म भित्रका महरु
Login in to Rate this Post:     0       ?        

jhapali thito,kanchha01,dipika and somewhere on d earth dai thanks for the comments .............यो कथा अलि सेलाइसक्यो होला हुन त धेरै दिन भो पोस्ट नगरेको !तर पनि सुरु गर्दै छु , बिर्सिनु भएको भए अगाडिका भागहरु रिफ्रेस गरेर मात्र पढ्नुहोला ।

भाग-३ बाट अघि

भाग-४

मैले फोनमा म पनि जाने कुरा बताउन पनि आफ्नो बढीरहेको सास को गतिलाई normal मा ल्याउनु पर्यो । फोन राखि सकेपछि आफै भित्र एकदम उकुसमुकुस भएझै लाग्यो । धेरै बेर सम्म बुरुक बुरुक उफ्रिरहेको मुटु लाई समातेर बसे । सुमन अचानक भित्र छिरेपछि मात्र मैले आफुलाई controll गर्ने प्रयास गरे।

"तँलाई एउटा कुरा भने तँ रिसाउन त रिसाउँदैनस नि है ?"

"त्यो कुरा कस्तो हो त्यसमाँ depend गर्छ , अब तैँले तेरो girl friend कै नाम अहिले सम्म लुकाएको रहिछस भने त रिसाउनै पर्यो नि ! कि कसो?"

उस्ले आफ्ना परेला पुलुक्क म तिर उठाउँदै , मुसुक्क हाँस्दै जवाफ दियो ।

"भयो त्यसो भए त म भन्दिन ।"

"साले ,,,,,,,,,,, indirectly भन्छ , तँलाई मैले मङ्गलबजार मै देखेको ! कहिले भन्लास भनेर पर्खेर बसेको ,बल्ल भन्यो ।"

साँच्चै म झुठ बोल्नमाँ कमजोर छु ।मैले ङिचिक्क दाँत देखाएँ अनि एउटा निर्लज्ज हाँसो हाँसे ।

"नाम के हो ,के गर्छे भन न त ,अझै हाँसेर बस्छ केटी जस्तो"

मैले उस्लाई सबै कुरा बेलिबिस्तार लगाएँ ।अनि आफुलाई त्यो केटी मन परेको पनि बताएँ । केटीहरुको psychology को बारेमाँ पक्कै उस्लाई म भन्दा धेरै थाहा छ । धेरै बेर गमेर उस्ले चिना हेरेपछि पन्डित ले दिने भाका माँ आफ्ना कुरा भन्यो ।

"केटी frank हुनु भनेको यो होइन कि तँ झ्याप्पै purpose गर ,अनि झ्याप्पै accept हुन्छ ।"

"अनि के हो त?"

"यो training माँ नभन , त्यसपछिको भेट माँ भन्नु ।"

"किन नि?"

"give time..........dude ,केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । thats why you have to give time !"

उसले आफुले जाने जति मलाई अर्थ्यायो । म पनि बोधिसत्व प्राप्त भएपछिको बुद्द जस्तो रमाइ रमाइ घर फर्केँ ।

 

बिराटनगर

 

training भन्दा मलाई training पछि का पल हरु रमाइला लाग्थे ।हामी दुवै रिक्सामाँ डुल्न जान्थ्यौँ । उ कुरा गरिरहन्थि तर म सुनिरहन्थेँ । पानीपुरि कि शौखीन उनी ठेला देख्ने बित्तिकै रिक्सा रोकेर शुरु भइहाल्थि । अनि म उन्को बालापन माँ साथ दिन्थे ।हामी त्यहाँका अरु सहभागि चिन्दैनथ्यौ तर त्यो त झन मेरो लागि सहयोगि सावित भयो ।मैले धेरै मौका पाए हामी बिचको एकान्तमाँ तर सुमनका शब्दहरुले मलाइ रोके । हुन पनि एक महिना नै त हुँदैछ भेट भएको । केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । त्यो training त्यत्ति चाडै कसरि बित्यो मलाई पत्तै भएन ।

अन्तिम दिन म आफ्नो room माँ कपडा मिलाउँदै जाने तयारिमाँ थिएँ अचानक निशा मेरो कोठामाँ छिरी ।

"मलाई तिमी सङ्ग केहि कुरा गर्नुछ ।"उ आफ्नो t-shirt को फेर माँ दुई औँला चलाईरहेकी थिई ।

"भन न ।"मैले स्वीक्रितीमाँ टाउको उठाउँदै भने ।

"तिमी असाध्यै सोझो छौ ।" उसले मेरो कोठाको ढोकामाँ ढेसिँदै भनी ।

के उसले भन्न खोजेको कुरा यहि थियो ?

"किन नि?" मेरो उत्सुकता बढ्यो ।

"बिराटनगर को बसाइमाँ मैले एउटा असाध्यै राम्रो सोझो साथी पाएँ ,जस्को साथमाँ दिन हरु कसरि बिते थाहै भएन ।"

"सोझो मान्छे पाएँ भन्दैमाँ जिस्काउनै पर्छ त ?" म अझ कपडा नै मिलाए झै गर्दै थिएँ ,तर मेरो ध्यान कपडामाँ थिएन ।

"I m serious .now I think I can move further ,म अलि लोभि छु ।मलाई त्यो साथीको साथ जीवनभरिलाई चाहियो ।"

उ मेरो नजिकै आई ,आफ्ना पैँतालाहरु थोरै उठाएर मेरो निधारमाँ चुमी अनि बाहिर निस्कि ।म भने सुमनका शब्दहरुको बिचमाँ आफु यन्त्रवत खडा भइरहेँ ।

क्रमश:

 

 

अब यहाँ पछिका भागहरु "जगटाधारि"बाट । मेरो तर्फबाट यत्ति नै ,आशा छ कथा तिमीले सोचे जस्तै भयो होला ।

Read Full Discussion Thread for this article