Posted by: Nepe February 21, 2008
Login in to Rate this Post:     0       ?        

>भानु भक्तको सालीक फोडी,

>सरु भक्तको किताब च्याती

>अन्धभक्त म,

>मालिक रिझाइ रहेको छु,

 

 

 

 

राहुलज्यू,

 

भानुभक्तको सालिक तोडफोड भएकोमा चित्त दुखाउनु सम्म त ठीकै छ । तर तोडफोड गर्नेले कोही मालिकलाई रिझाउन गरेका हुन् भन्ने आरोप/गाली चाही सालिक तोडेको भन्दा पनि धेरै अनादरपूर्ण, असमझदारीपूर्ण र असम्वेदनशिल छ ।

 

वास्तविकता के हो भने, मधेसी शासितहरु ले जानी वा नजानी त्यो विचरा सालिक बेफ्वाँकमा खस जातीका पहाडिया मालिक को चिन्हको रुपमा देखे, त्यो खास भावनापूर्ण क्षणमा, र तोडे । कुरा त्यत्ति हो ।

 

जुन क्षण राज्यमा खसभाषीहरुको बोलवाला हटेर सबै मातृभाषीहरुको समान सम्मान र उपस्थिति हुन्छ अनि तिनीहरुको पहिचान जनाउने चिन्हहरुको समान मर्यादा हुन्छ, त्यस क्षण यस्ता अनादर स्वत: हटेर जानेछ ।

 

सिरहाको बजारमा भानुभक्त र विद्यापतिको मूर्ति संगसंगै ससम्मान उँभिदा हुन् त, यस्तो हुने नै थिएन ।

 

भला त्यस्तो सोचको राज्य हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवद्वारा स्थापना गरिएको होईन र हाम्रा स्वर्गिय राजा श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट पनि खस पहिचानलाई राष्ट्रिय पहिचानको रुपमा स्थापना गरिबक्सेको हो । तर गएको १७ वर्षको स्वतन्त्रता र प्रजातन्त्रमा पनि मधेसीहरु र अन्य गैर-खसहरुले दोश्रो दर्जाको नागरिकको स्थिति भोगिरहेको यथार्थ हाम्रो सामु हुँदाहुँदै मूर्ति फुटाल्ने त्यति जाबो सानो विद्रोहमै हामीले तथानाम गाली गर्नु अन्याय मात्र नभई अहंकार पनि हो, जुन खास गरेर आजको संगीन घडीमा प्रत्योत्पादक हुनेछ भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्गै छ ।

 

हैन र ?

 

Nepe

Read Full Discussion Thread for this article