Posted by: SurNaTal February 20, 2008
Login in to Rate this Post:
0
?
यो धागो सुरु भई गो, एउटा कच्चा कबिता लिएर। चेली, Amazing यानी झिल्के र राहुल दाइले आफ्ना रचनाहरु थपिदिनु भयो र उपादयता थपियो। कच्चा उमेरमा लेखेका अरु २-४ हरफ हरु पनि थप्दै जानु परो, २-४ दिन। भाबुकता, र ब्यङ्य लाई पर सारेर हास्यको रुपमा मात्रा पढिदिनु होला। धन्यवाद।
रोजाइ
पिउनु नै त हो,कोक, प्यास र पेप्सी नै पिए पनि त हुने
खै किन मिर्नोभ, नसा र खुकुरीमै जान्छ मन
दुख्नु नै त हो,
रोग, भोक र गरीबीमै दुखे पनि त हुने,
खै किन तरुनी थाइकटहरु नहाँस्दैमा दुख्छ मन
ब्यापार नै त हो,
आलु भ्यान्टा, वा पुरी फ्यान्टाकै गरे पनि त हुने,
खै किन सोझा सिधा चेली बेटिकै गरिन्छ यहाँ
प्रदर्शन नै त हो,
पहिलो नै हुने गरी सम्पूर्ण गरे पनि त हुने,
खै किन आधा-आधा गरेर पछि-पछि परिन्छ यहाँ।
बस्नु नै त हो,
काम, कर्तब्य र निस्ठामै बसे पनि त हुने
खै किन मिर्मिरे परेलिहरुमै बस्छ दिल
सताउनु नै त हो,
गाउँघर र देउरालीकै मायाले सताए पनि त हुने
खै किन नाग्बेली चुल्ठोको यादले नै सताउँछ मन।
जिउनुनै त हो,
माया, प्रेम र सद्भावमै जिये पनि त हुने,
खै किन घ्रिणा, द्वेष, र शोषण मै बाचिन्छ यहाँ,
मर्नु नै त हो,
दुखी, गरिव वा मातृभूमीकै लागि मरे पनि त हुने,
खै किन फेसनी लभको सानो ट्राजेडी मै मरिन्छ यहाँ।