Posted by: spearhead February 20, 2008
साझा मा आउने बोका र बाख्रीहरु को लागी मसला !!!
Login in to Rate this Post:     0       ?        

बीएस्सी दिएर त्यसै बस्दा हात-मुख जोड्न ठूलो समस्या पर्ने भएकाले जागिरको खोजीमा लागेँ। सोर्सफोर्स नहुनेका लागि काठमाडौँमा जागिर पाउनु भनेको स्यालको सिंह पाउनुजस्तै हो। सरकारी कार्यालय तथा संस्थाका हाकिमहरूसँग फरियाको के गोरु बेचेको समेत नाता नपर्ने भएकाले त्यतातिर जागिर खोज्ने प्रयासै मैले गरिनँ। साइन्स पढेको काठमाडौँमा च्याउजस्तै उम्रिएका स्कुल भएकाले त्यतैतिर खोजी तलासी गर्न थालेँ जागिरको। दार्जीलिङेहरूले चलाएको एउटा कथित स्कुलमा बढीमा महिनाका लागि माष्टरी मिल्लाजस्तो भयो। यो जागिर खोजिदिन मद्दत गर्ने पनि क्याम्पस पढ्दाको सहपाठी सुमित्रा भई। त्यही स्कुलकी माष्टर रहिछ। उसैका अनुसार विज्ञान शिक्षक बिरामीमा बसेकाले त्यो पद खाली भएको रहेछ।

सुमित्रासँगै त्यस स्कुलमा गएँ। गोबरको थुप्रोजस्तो अनुहार परेकी प्रिन्सिपल रहिछे। शिष्टाचारवश नमस्कार गर्नै पर्यो। जम्माजम्मी तीन हजारभन्दा बढी तलब दिने भइनँ। काठमाडौँको महङ्गीमा जाबो तीन हजारले के गर्नु ? तर नहुनु मामाभन्दा कानो मामा नै निको भनेर त्यो माष्टरी पनि स्वीकारेँ।

 गाउँमा एसएलसी दिएर केही महिना माष्टरी गरेकाले पढाइमा केही ज्ञान पनि थियो। गाउँमा माष्टरी गर्दा खुबै स्वाद भएको थियो, कोरेलीहरूलाई ट्युसन पढाउँदा। अलिकति राम्री केटीलाई एकान्तमा पर्यो कि तिम्रो फलानो विषय कमजोर , ट्युसन पढ्न आऊ भन्ने अनि दुई-चार दिन ट्युसन पढाएजस्तो गर्ने, त्यसपछि स्कुलको किताब में क्या रखा है, जवानीकी किताब पढो भन्दै यताउतीको गोटी मिलाएर रातारात युवती बनायो।

एक पटक जिम्बालकी छोरी अमृतासँग खुब मोज मारिएको थियो। जिल्लाको सदरमुकाममा विभिन्न खेलकुदको आयोजना भएको थियो। उक्त खेलकुदमा भाग लिन मेरै नेतृत्वमा अमृतालगायत अन्य दुई केटी पाँच जना केटाको टोली सदरमुकाम गएको थियो। हाम्रो स्कुलबाट जिल्ला सदरमुकाम पुग्न कस्सिएर एक दिन हिँड्नुपर्ने। बाटोमा एउटा आफन्त भेटियो। ऊसँग अरूलाई हिँड्दै गर भनेर गफ गर्न थालेँ। एक घन्टाजति अलमल भयो। विद्यार्थीहरूलाई भेट्न हस्याङ-फस्याङ गर्दै उकालो चढ्न थालेँ। आधा उकालोमा पुगेपछि अमृतासँग भेट भयो। हिँड्न नसकेर थला परेकी रहिछ। अरू साथीहरू अगाडि लागिसकेछन्। मधेसबाट बाबुले ल्याइदिएको चुच्चे जुत्ता लगाउँदा उसको यो हविगत भएको रहेछ। अमृताले खुट्टा कुँजो लागेर हिँड्नै नसक्ने भएको बताई। अमृता अब मेरो लागि घाँडो भई। जसरी भए पनि सदरमुकाम पुर्याउनै पर्यो। ' Read Full Discussion Thread for this article