Posted by: bikash kc February 20, 2008
ONE MADESH,ONE PROVINCE RE?
Login in to Rate this Post:     0       ?        
source:himalkhabar.com

थरुहट नबन्ने कारण के छ ?
राजकुमार लेखी, महामन्त्री, थारु कल्याणकारिणी सभा
                          

मधेशी संगठनहरुको एक मधेश एक प्रदेशप्रति तपाईहरुको भनाइ के छ ?

तराईमा थारु, भोजपुरी, मैथिली, अवधी, धिमाल, राजबंशी अनेक समुदाय छन् । थारु समुदाय मुलककै चौथो धेरै जनसंख्या भएको जाति हो र यो एक्लैको जनसंख्या ६ प्रतिशतभन्दा धेरै छ । मधेशी चिनाउने कुनै जातिको पनि जनसंख्या एक वा दुई प्रतिशतभन्दा धेरै छैन । अनि कसरी हामी मान्न सक्छौं, एक मधेश एक प्रदेशको माग ? अल्पमतले बहुमतलाई साशन गर्ने कुरा मान्य हुनसक्छ र ?

तर, अहिले तराईमा त एक मधेश एक प्रदेशको माग मात्रै सुनिएको छ, हैन र ?
थारु तराईको आदिवाशी हो र त्यहाँको भूमिपुत्र हो । हामीले डेढ वर्षदेखि नै राजनीतिक दल र सरकारलाई एक मधेश एक प्रदेश हुनसक्दैन भन्ने ज्ञापनपत्र दिदैआएका छौं । एक मधेश एक प्रदेश भनेको केन्द्रिकृत साशनकै अर्को रुप हुनेछ भन्ने हाम्रो भनाइ हो । सरकारले त्यो स्विकारेमा तपाई हेर्नुहोला, त्यो निर्णयबिरुद्ध अहिले तराईमा भएको आन्दोलनभन्दा ठूलो आन्दोलन हुनेछ ।

मधेशी संगठनहरुले त थारु पनि मधेशी नै हुन् भन्छन् नि ?
त्यो उनीहरुको प्रचार मात्र हो । को आदिवाशी हुन्, को जनजाति हुन् र को मधेशी हुन् यसै प्रष्टै छ नि । हामीले आफूले आफैंलाई आदिवाशी भनेर चिनाएका होइनौं । सरकारले नै हाम्रो बिषयमा स्पष्ट पारेको छ । राष्ट्र संघ महासन्धीले पनि आदिवाशी र जनजातिको बिषयमा स्पष्ट परिभाषा दिएको छ । बरु, मधेशीको बिषयमा सरकारको परिभाषा स्पष्ट छैन । तर, कोहीले आफूलाई मधेशी भनेर चिनाउन चाहन्छ भने हाम्रो आपत्ति छैन ।

तपाईहरुको बिचारमा संघीयता कस्तो हुनुपर्छ ?
यो बिषयमा कसैले एकै दिनमा निर्णय गर्ने कुरा होइन । संघहरु कसरी बनाउने भन्ने कार्यदलले आधार तयार पार्ने हो । ऐतिहासिकता, भाषा, संस्कृति, भेषभूषा र भूगोलका आधारमा बैज्ञानिक ढंगले सिमा तयार पार्नुपर्छ । राज्यले सबैसँग छलफल गरेर यस बिषयमा निर्णय गर्नुपर्छ ।


थरुहटको मागचाहिँ के हो नि ?
मैले अघि नै भनिसके, ऐतिहासिकता, जनसंख्या, भूगोललगायत बिषयका आधारमा संघहरु बन्नुपर्छ । हाम्रो भनाइ हो, मैथिली, अवधी, कर्णाली, ताम्सालिङ हुन्छ भने थरुहटचाहिँ किन नहुने ?

यही अवस्थामा तपाईहरु संविधानसभा चुनावमा भाग लिनुहुन्छ ?
थारु कल्याणकारिणी सभा संविधानसभा चुनावको पक्षमा छ । हामीले २४ जिल्लामा चुनावको पक्षमा जनजागरण अभियान नै चलाएका छौं । हाम्रो भनाइ छ, चुनाव होस्, निर्वाचित संविधानसभालाई थरुहट निर्माणका लागि दवाव दिने हो । जबसम्म थरुहट घोषणा हुदैन, हामी सिंहदरवार घेर्छै सबै जाम गरिदिन्छौं । तर, अहिलेचाहिँ हाम्रो समुदाय पूर्णत संविधानसभा चुनाव सफल पार्ने पक्षमा छ । 

थारु कल्याणकारिणी सभा नेपालका जातीय संगठनमा सबैभन्दा पुरानो हो । 

 सुचना:  यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ ।
Read Full Discussion Thread for this article