Posted by: badarkta February 19, 2008
नेपालमा अब मृत्युपछिको अन्तिम संस्कारसमेत गर्न नसकिने, हाहाकार सुरु
Login in to Rate this Post:     0       ?        
नेपालमा अब मृत्युपछिको अन्तिम संस्कारसमेत गर्न नसकिने, हाहाकार सुरु

यतिबेला राजधानी अभावै अभावमा छ । बाटो छ गाडी छैन, बत्ती छ विजुली छैन, जुल्हो छ ग्यास छैन, स्टोभ छ मट्टीतेल छैन । यहाँसम्म पनि ठिकै थियो । अब मृत्युपछिको अन्तिम संस्कारसमेत गर्न नसकिने भएको छ।

अक्सिजन थिएन, एम्बुलेन्समा तेल थिएन नेपाली बाँचेकै थिए । कतै आगलागी भइहाले दमकल चल्न छाडेका थिए त्यो पनि सहेकै हो । दिनभर लामो लाइन बसेर तेल नपाएर कटकटिएको ओठ लिएर घर पुग्नेहरुको मात्र होइन, दिनहुँ कमाएर खानेहरु भोकै पनि सुतेकै थिए । तर अब त अति नै भएको महशुस हुन थालेको छ।

पशुपतिस्थित आर्यघाटमा दाउरा सकिएकाले अब बिहीबारपछि अन्तिम संस्कारमा समेत समस्या आउने पशुपतिस्थित टिम्बर कर्पोरेशनले जनाएको छ। कर्पोरेशनका अनुसार अब त्यहाँ बुधबार एक दिनका लागि मुस्किलले पुग्ने दाउरा मात्र रहेको छ।

विगत लामो समयदेखि बन्दका कारण दाउरा ल्याउन नसकिएपछि यो स्थिति आएको आर्यघाटस्थित टिम्बर कर्पोरेशनले जनाएको छ।

source: kantipur

 

Read Full Discussion Thread for this article