Posted by: nikunj February 19, 2008
ONE MADESH,ONE PROVINCE RE?
Login in to Rate this Post:     0       ?        

अहिले तर्राईको आन्दोलनलाई मधेसी आन्दोलन र मधेसको आन्दोलन भन्ने गरिएको छ । यो सरासर गलत एवं भ्रामक हो । तर्राई कसको हो र तर्राईका खा“ट्टी बासिन्दा को हुन् - भन्नेतर्फध्यानै नदिई राज्यले पनि पक्षपाती रवैया अपनाएको देखिन्छ । वास्तवमा तर्राई आदिवासी थारू -चौधरी) को वर्चश्व भएको क्षेत्र हो । चाहे भित्री तर्राई, चाहे पूरै तर्राई थारूहरूकै हो र पर्ूवमा धिमाल, सतार, राजवंशी पनि तर्राईकै आदिवासी हुन् । मलाई याद छ, ३०/४० वर्षघि भारतबाट आएका व्यक्तिलाई हामी थारूहरू ए मधेसी भनेर बोलाउ“थ्यौं । र, तिनै मधेसी गाई, भैंसी चराउ“दै र कामको खोजीमा हाम्रो तर्राईमा आएर बस्न थालेपछि उनीहरूले तर्राईलाई मधेस भन्न थाले र अहिले थारूलाई पनि मधेसीको पंक्तिमा सरिक गराउन खोजिरहेका छन् । हामी आयातित जाति होइनौं । अहिलेको मधेस आन्दोलनका नेता र पंक्तिहरू सबै आयातित र धेरैभन्दा धेरै एक दर्ुइ पुस्ता मात्र हु“दै छ, नेपाल आई बसोबास गरेका । उनीहरूले मधेस आन्दोलनका रूपमा हाम्रो तर्राईलाई विखण्डन गर्न लागिरहेका छन् । दिमागको ढोका खोल र बुझ ए थारू मेरा मित्र दाजुभाइहरू हो † समुच्चा समतल भूमि तर्राईलाई थरूवान राज्य -नेपालको अभिन्न अंग) बनाउने आन्दोलन गरौं यो हाम्रो हक-अधिकार हो ।

हामी थारू र पहाडिया भाइभाइ भई मिलेर बसेको ऐतिहासिक दृष्टान्त छ । पहाडेहरू पनि यसै देशका भूमिपुत्र हुन् । तर्राईमा तीन सय वर्षगाडिदेखि बस्दै आएका पहाडे मूलका व्यक्तिको तर्राई -मधेस) होइन अरे तर ३०/४० वर्षवर्षगाडि आएर नागरिकता किनेका व्यक्तिको चाहि“ मधेस भयो अरे । यो कस्तो पक्षपाती कुरा हो - यो प्रश्न म मधेसी नेतालाई सोध्न चाहन्छु, ल भन्नुस् त तपाईं कहा“ जन्मेको हो - तपाईंका बुबा कहा जन्मनुभएको हो - यत्ति प्रश्नमा तपाईंहरू चुप्प लाग्नुपर्ने हुन्छ । ए मेरा थरूवान दाजुभाइ-दिदीबहिनीहरू हो † हामी थारूलाई अल्पमतमा पारेर मधेसीले हाम्रो तर्राई खोस्न थालिसके, हामी होसियार होऔं । हामी आदिवासी थारू मधेस आन्दोलनका रूपमा मधेसी नेताको पार्टर्ीी लाग्न जानु भनेको हामीले आत्मदाह गरेजस्तै हो । हामीले आफ्नै खुट्टामा बन्चरोले हानेजस्तै हो । त्यसैले मधेसी पार्टर्ीीे लोभलालच र प्रलोभनमा नपरौं । सही कुरा हामी सबै थारू, आदिवासीलाई सिकाऔं, भनौं र मधेसीको प्रतिकार गरौं । तर्राई बन्द, हत्या, डकैतीले गर्दा बढी चोट हामी थारूलाई नै परेको छ । आज हामी थारूका छोराछोरी पढ्नबाट वञ्चित भइरहेका छन् । हाम्रा खेतीपाती, अन्नबाली, हटियाबजारसम्म पुर्‍याउन सकिरहेका छैनौं । यो सबैको कारण मधेस आन्दोलन हो ।
राजकुमार चौधरी,
पिपरापूव गाविस-२, सप्तरी

Read Full Discussion Thread for this article