Posted by: Namastey Dallas February 18, 2008
लौ आयो आयो राजा को तातो तातो सन्देश आयो।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
Login in to Rate this Post:     0       ?        
राजा ज्ञानेन्द्रको सन्देश
 :: समाचार
- अमेरिकादर्पण सम्वाददाता
राजा ज्ञानेन्द्रको सन्देश काठमाडौं, १९ फेब्रुअरी/ निलम्वित राजा ज्ञानेन्द्रले फागुन ७ गते अर्थात 'प्रजातन्त्र दिवस'को अवसरमा एक सन्देश दिनुभएको छ । राजा ज्ञानेन्द्रले दिएको उक्त सन्देशलाई अहिले अर्थपूर्ण रुपमा लिन थालिएको छ ।

राजा ज्ञानेन्द्रद्वारा सन्देशमा भनिएको छ-'मुलुकको अखण्डता राष्ट्रियता तथा स्वतन्त्रतालाई अक्षुण्ण राख्दै सदियौंदेखि नेपाली-नेपालीबीच सद्भाव रहिआएको छ । त्यो सदभावलाई सुदृढ तुल्याएर प्रजातन्त्रको प्रतिफल सबैले समान रुपमा पाउने वातावरणका साथै समुन्नत र सबल नेपाल बनाउन हामी सबैलाई सफलता मिलोस् ।'

५८ औं प्रजातन्त्र दिवसका अवसरमा राजा ज्ञानेन्द्रले जिज्यू, बुबाज्यूको स्मरण गर्दै त्रिभुवन प्रजातन्त्रका प्रवर्तक भएको सन्देशमा उल्लेख गर्नुभएको छ । प्रजातान्त्रिक आन्दोलनमा जीवन आहुती दिने समस्त नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सन्देशमा सफलताको कामना गरिएको छ ।

राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसर दिएको उक्त सन्देशलाई राजनीतिक दलहरुले औपचारिक टिप्पणी नगरे पनि दरवारीया चलखेलको संज्ञा दिएका छन् ।

 

 

  for more news please log in

www.americadarpan.com

 

Read Full Discussion Thread for this article