Posted by: BKMailo February 18, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

कमाइको खोजी

वैदेशिक रोजगारमा जाने छोराले पैसा कमाएर ल्याउला भन्ने आशा कसलाई हु“दैन - तर, पैसाको सट्टा छोराको शव बुझ्नुपर्‍यो भने आमाबाबु कस्तो अवस्थाबाट गुज्रन्छन् होला -

पा“च वर्षघि मलेसिया गएका एक युवक मोटर दर्ुघटनामा मारएिपछि परविारको बिचल्ली भएको छ । भोजपुरको गोगने गाविस-७ का सुवास तामाङ मलेसिया पुगेको छ महिनामै दर्ुघटनामा परेका थिए  । मलेसियामा काम गरेबापतको पारश्रिमिक र बिमा रकम कम्पनीले पठाइसकेको जनाए पनि सुवासका परविारले हालसम्म रकम पाएका छैनन् । बाबु शेरबहादुर भन्छन्, "नकमाई त बसेन होला ऊ । छोराले कमाएको पैसा नपाउ“दा दुःख लागेको छ ।"

एक्लो छोराको मृत्यु भएपछि घरजग्गा धरौटी राखेर लिएको ऋणको सा“वाब्याज बढ्न गई लिलाम हुने अवस्थामा पुगेको छ  । "सा“वाब्याजले घरजग्गा लिलाम हुने बेला भइसक्यो, छोराको शव आयो, साथमा केही छैन, कसरी तिर्ने ऋण -" शेरबहादुरस“ग जवाफ छैन । सुवासका तीन सन्तान र पत्नीको पालनपोषणको जिम्मेवारी उनकै का“धमा छ ।

सुवास काठमाडौ“को सिङ्मा ओभरसिजमार्फ गाडी चालकको काम गर्न मलेसियास्थित डब्ल्यूसिटी कन्सट्रक्सन कम्पनी गएका थिए । उनले पाउने पारश्रिमिक कम्पनीले मलेसियास्थित नेपाली दूतावासमार्फ पठाएको बोधार्थ पत्र पाएको शेरबहादुर बताउ“छन्  । कम्पनीले पेङगारु बुरु नेगेरी नामक ब्याङ्कबाट पारश्रिमिक ४१ हजार र बिमाबापत १६ हजार गरी ५७ हजार मलेसियाली रङि्गीट -करबि ११ लाख ८ हजार रुपिया“) को ब्याङ्क ड्राप\mट दूतावासमा बुझाएको जनाएको छ । तर, दूतावासले रकम प्राप्त नभएको भन्दै आएको छ । सुवासका परविारचाहि“ दूतावासका कर्मचारी आफै“ले रकम गायब पारेको आशङ्का गर्छन् ।

Source: http://kantipuronline.com/Nepal/aabaran.php

Read Full Discussion Thread for this article