Posted by: भउते February 17, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

जदउउउउउउउउउउउउउउउउउउउउउउउउ ! चौतारी !

ईश्शोरे बज्जेले मेरो कुरो काट्न नि भ्याइ सकेछ। त्यै त हो नि, जो होँचो उसको मुखमा घोँचो।

अब त चौतारीमा ४ इन्च अग्लो  ब्लक हिल सुज लाएर आउनुपर्ला जस्तो छ। अनि त मेरो मुखाँ हेर्न नि सप्पैले चन्द्रमा हेरेजस्तो अर्नु पर्छ।

सप्पैले म:म: घिचेछन् के रे, हिजो त। हाम्ले नि म: म: नै घिचियो। फुन अरेर चौतारीको ई-म:म: पार्टी अरियो हिजो त। पार्टीमा नहुनेको लागी चैँ ईsssssssssssssss म:म: पार्टी भयो होला के रे।  अस्ति मैले राम्रो म: म: बना'को देखेर को को ले आँखा लाएछन, हिजो त आधि जति फुट्यो, धेरै पाकेर।

लु सुनम अब भउते डाँका र बिमा कुमारी दुराको लोक-दोहोरी !

जोल्ठिङमा अलिक घच्याक घुचुक हुन्छ, बल्लियो सँग डण्डी समाउदै सुन्ने  है !

 

 

 

Read Full Discussion Thread for this article