Posted by: Ishwor February 17, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

उइले भउते इन्जिनिरिङ्ग पढ्दा ताकाको कुरो सुनाम्न परो। भर्खर गामाटि सहराँ पढ्न त पठाए भउतेका बा ले तर भउते सहरको रम्झम मा परेसि अर्काओ देखासिकि अर्न परि हालो । सहरका धनि बाउका सन्तान मोटरसाइकल गाम्ले भासाँ भन्नु पर्दा चैं भटभटे चड्ने नै भए। उस्लाइ पौनि नचडि भएन। गर्मिको छुट्टिआँ गाममा ग'र बाउ चैंलाई फकाम्न अनेक गरे। गाई-बाख्रा चराम्ने,घाँस दाउरा अर्ने देखि लेर बाउको सप्पै काम अरो। बाउलाई मख्ख पारेसि बुडाले सिकिन ह्यान्ड भे नि भटभटे किन्दिन्चन् कि भनेर। भउते को बाउ झन् के कम, अब भउतेको पनि बाउ क्यारेर फकाम्न सक्नु नि। साम दाम दण्ड सप्पै लार नि केइ सीप नलासि त्यो छुट्टि नि तेस्सै खेर गो भनेर सुनाथे तेतिबेला । बरु पड्न तिर ला भे लम्बर त धेरै आउँथो, बिनसित्ति अरुले जिते भनेर गुनासो पोख्तै थिए। हुन पुनि भउते पड्न मा चैं तगडा थिए है, ऐले पुनि छन्। तर तेति बेलाको कुरो बेग्लै नि।

नपत्याए, यि हाम्ले त भिडियो खिचेर पुनि राख्या चम्। के सोच्या...

 

Read Full Discussion Thread for this article