Posted by: lale February 16, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

भौते भन्जा, तिमी पैला जमुनिको पछी पर्यौ, त्यासी हाम्रा गाम्की व्हाइट सर्ट सित पल्केउ तेतिलेनी तिम्रो त्यो हर्हरिएको मन नमानेर फेरी राइपुरे जिम्मालकी छोरीतिर मन लाछौ अरे। गको थिएनी अस्ती तिम्रा घर। कम्से कम फुपुलाई त भन्न पर्थ्योनी तिम्रा माया पिरमका काहानी। अब मसित फुपु गुनासिएर कत्रो भो अस्ती! हैन तिमी बात मार्दात त्यस्तो देखिन्नौ गाठे।  जब देखी शहरीयौ तब देखी तिमीमानी यो रहरिने बनी बढ्न थाल्यो। हेर भन्जा, जे भानी तिमी चै यो गम्को बत्ती हौ, बिचार  अर है! झ्यप्प हौलार पुरा गामै कालो होलानी। अब यता तिम्री भाउजुले बरा "भौते बाबु लाई येस्पालात बुडा जसरी नि बुटी बान्दिनु पर्छ " भनेर रातो दिन हैरान। हुन्छतनी भनेर म सोझो फेरी तेतै जान परेको तिम्रा के के जाती कुरा सुन्नलाई। ल्याथिएनी ५ बिस दाम चिट्ठीओ खाम मा हालेर। भका भन्जा तिमीनै त हौ, तीन पुस्तामा, । दिन्थेनी चैनी टिका जमर लाअर्।  अब तेस्ता कुर सुनेसी क्यार्छौ मेरो त मनै बिग्रियोनी। त्यासी फुपुसित एक बचन नि नबोली हनिए यता तिर। तिमी कुरै नबुझी तेती लामो चिट्ठी लेखेछौ, ठिकै छ अझै नि ट्याम छ, बिचार अर है!  मेरो कुरा मन्छौ भने खुरुक्कन भोली लुदी खोलातिर हिनिहाल, हैन भने मेरो भन्नु कै छैन।

Read Full Discussion Thread for this article