Posted by: SurNaTal February 16, 2008
Login in to Rate this Post:     0       ?        

"म"

मलाई डोसा एकदमै मिठो लाग्छ,
तर ढिंडो चाखेकै छैन।
मलाई मिनिस्कट एकदम सुहाउंछ,
तर फरिया-चोली लगाएकै छैन। 

******************

मलाई म्याडोनाका गीत मुखाग्र छन,
तर कुमार बस्नेतका सुनेकै छैन। 
मलाई पियानो राम्ररी आउँछ,
तर सारंगी देखेकै छैन। 

*******************

मलाई एथेन्से एकदमै मन पर्छ,
तर लुम्बिनी पुगेकै छैन। 
विश्वाज्वतिमा रंगिला फेरि चले हुन्थ्यो,
तर दक्षिणा हेरेकै छैन। 

******************

म बिदेशी भाँडा माझ्न मन्जुर छु,
तर गाउँमा खुकुरी पिट्न लाज लाग्छ। 
किनकी मेरी प्रेयसी शहरकी हुन,
तर मेरो घर कहाँ हो सोचेकै छैन।

******************

 

Cheli Writes,

हामी

हामी विध्यार्थी हौं

भविष्यका कर्णधार,

तर जूही र श्रिदेवीलाई गुरु मानेर

सीताको आदर्शलाई लत्याइरहेछौं ।

 

हामी बालक हौं

देशका भावी पालक हौं

तर माइकल ज्याक्सनको बाटोमा हिंडेर

सहीदहरुलाई रुवाइरहेछौं ।

 

अक्षय र अजयको आजको युगमा

कालिदाशको मान्यता नै के छ र

म एक्ली चिच्याएर के गरुं

जगत् सारा निदाइ रहेछ ।

(ps: Akshaya Kumar and Ajay Devgan were very hit actors at that time)

Last edited: 22-Feb-08 02:51 PM
Read Full Discussion Thread for this article