Posted by: Amazing February 16, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
भौते ब्रो,  धन्यवाद।
हो ब्रोले ठीक भन्नु भो, यो कथा होइन अनी मैले सकेसम्मा जस्ताको तस्तै उतार्ने कोशीश गरेको छु त्यसैले
प्रत्यक दिन्को अप्डेट गरिराखेको छु। यो घटना मेरो जीवनमा अविस्मरिणय भएर रहनेछ। यात्रा भनेको नै यस्तै रहेछ शायद, सोच्दै नसोचेको कुरा हुदो रहेछ।  रोज र डिम्पल सँग मेरो अनौठो सम्बन्ध बढ्दै जान्छ, हुन त मैले शट्कट नभनेर सबैकुरा एकैपटक लेखेपनी हुने हो तर यो मेरो आफ्नो पर्सनल डाएरी जस्तो पनि भएकोले अप्डेट गरेको छु।

हो नि ब्रो, अब आफुले अती नै मन परायको मान्छेनिले त्यसो भन्दा मुटु कती छिया छिया भयो होला तपाईं नै कल्पना गर्नुस् न। मलाई त्यो रात आँफै प्रती अती नै नरमाइलो लागेको थियो, तपाईंहरुलाई जस्तो साहित्य आउने भये यो एपिसोड्मा त्यही रातको मेरा मनका बेदनाहरु पोख्थे होला तर मलाई त्यसरी घुमायार साहित्यक स्टाइलमा लेख्नै न आएर मात्र हो।

एनिवे, तपाईंको हौसलाको लागि फेरी पनि धन्यवाद र अर्को भाग तुरुन्त लिएर आउनेछु।

-----------

एउटा गोप्य समाचर ल,  We exchanged Valentines wishes.....
Read Full Discussion Thread for this article