Posted by: Birkhe_Maila February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

हन चित्रे तिमी क्यार्न यस्ता कुरा अर्छौ???

""लेख रचना आउलान् बिस्तारै, आउन थाले भने पोस्टको संख्या बढाउन सकिन्छ!""

अनि तो अन्तरेलाई गालि गर्या कबिता चाहिँ आकाशबाट बर्सेको??? अन्तरेले टाँस्या गजल चाहिँ पसल बाट किनेको??? चेलीले गरेको घरको याद चाहिँ घर बाटै कोशेली ल्याएको??? भउतेले गरेको क्रान्तिकारी भाषण रेडिमेड किनेको??? ठुल्दाईले रातो गुलाफ फ्लोरिस्ट संग किनेको??? नेत्रेले गरेको एक तर्फी माया खोलाले बगाएर ल्याइपुर्याएको?? मन्त्रीपरीषदको निर्णयहरु गोरखापत्रबाट टाँसेको???

 

छ नि मनग्गे रचनाहरु छ, जस्तो किसिमको कुरा पनि रचना हुन सक्छ! पुरानो सम्झना त एक पटक सबैले सुनाएको ठिकै छ नि, लामा पोस्ट मात्र भएका हुन पुराना सम्झनाहरुमा पेस्ट गर्दा। यो ठिकै छ र यसभन्दा पनि बढि रमाइला रचना (कथा, कविता, वा जुनसुकै खुराकको रुपमा भए पनि) आए सुन मा सुगन्ध हुन्छ!

हेर साथि चित्रे चित्रकार

चौतारीको इन्जिलेर

तिम्रा कुरा कस्ता छन

मकै खाए जस्ता छन्

पोस्ट गर्नेलाई नतर्साऊ

बरु झन गर्न हौसाउ

शतक अंक दामी छ

अझ दामि हुने छ

हो कि हैन भउते

चौतारीको माउते

हो कि हैन ठुल्दाई

पोस्ट गरौँ हाइ हाइ

 

 

 

Read Full Discussion Thread for this article