Posted by: Birkhe_Maila February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

अत्यन्त जरुरि सुचना:

आदरणीय चौतारीबासिहरु, सबैलाई थाहा भएकै कुरा हो, चौतारीका दुई हस्तिहरु, सुश्री ठूल्नानी ठकुरानी र श्री राहुलभाई राजभण्डारीको सुझाव, सल्लाह  वा भनौँ भिटो सदैव चौतारी मन्त्रिपरीषद्लाई मान्य हुँदै आएको छ। तसर्थ यिनी दुई सदस्यको सल्लाहले माथि उल्लेखित नाम सच्च्याउने सम्पूर्ण प्रकृया पुरा भएको मान्यता प्राप्त गरेको कुरा अवगत गराउँदै 'श्री नेत्रनाथ नगरकोटी' आजदेखि 'श्री नेत्रनाथ नेपाल' का नामले चिनिनुहुनेछ। निजले पेश गरेको दुबै कान देखिने पासपोर्ट साइजको फोटो यो मन्त्रिपरीषदका संवाददाताको जालि लागेको आँखाले ठम्म्याउन नसकेकोले परिचयपत्रको लागि अर्को फोटो बुझाउनुहुन पनि अनुरोध गरिन्छ। साथै नयाँ सदस्य सुश्री चेलिमाया चाम्लिङ्ग को फोटो देखेर मन्त्रीपरीषद लगायत सम्पूर्ण चौतारीका सदस्यहरु चौतारीमा पनि हरियाली आएकोमा अत्यन्त हर्षीत भएको र फोटो हेरेरै चौतारी मन्त्रिपरिषद्ले निज चाम्लिङ्लाई 'चौतारी सुन्दरता तथा कोमलता बचाउ अभियान' को अध्यक्ष पद दिने निर्णय गरेको छ।

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

Read Full Discussion Thread for this article