Posted by: SurNaTal February 15, 2008
जिन्दगी डबकाको जाड भयो साथी
Login in to Rate this Post:     0       ?        
गजल-
दिल पौडेल" जिन्दगी डबकाको जाड भयो साथी

अभावको भारी बोक्ने ढाड भयो साथी

कतै बेसार, कतै आलु भई प्रयोग भइयो
खुकुरी कर्द अनि वाण भयो साथी

तास झैं फिट्छन् कोही झण्डापनि दिने
कुरुप मुहार तलको गाड भयो साथी


बाटो घाटो जहितही कुकुरझैं भुक्छन्
कुकुर नै खाने बस्ने टाड भयो साथी

ढिडो झैं फतफत पार्छन् सबैजना सधैं
भान्सेले आफलेको माड भयो साथी

तानाशाही दमनकारी चण्डालको शासनमा
रावणको धनुषरुपि काड भयो साथी ।

दिल पौडेल

– सिन्धुली, हाल काठमाडौं

More.......................

Read Full Discussion Thread for this article