Posted by: Harka_Bahadur February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
मेरो चौतारी प्रबेश
मेरो चौतारी परबेश सम्झेकी मलाई एक्लै हाशो लाग्छ।। कुरो एक महिना जती आघिको हो,तल गाउँ बाट १ भाग बूगूर्को मासु लिएर माथि गाउँ तिर जादै थिए, चौतारीमा भौउतेले फनफनी घुमेर सबको बङारा र दात झार्दै रछ, म पनि यस्शो के भयो ह भनेर प्वाक्क मुख देखौन गएको थिए , भौतेले  आन्तरेलाई हानेको मुक्का म तिर परेर मेरो एउटा दात फुत्रुक्कै, यसरी भयो मेरो चौतारीमा प्रबेश।
त्यो दिन देखुन नियमित छु, बिहान हुन नसकेनी बेलुकाचै पसेकै हुन्छु। मेरो चौतारिको छिरायी सजिलै भयो, गाम्लेहरूले नाम पनि मन परयिदिए। आफ्नै मान्छेझै ठानेर छिरेको भोली पल्ट देखुन्नै ए हर्के, हके दाई, हर्के काका, हर्के भाई भन्न थाले। मलाईपनी यो बिरानो एक्लो
कन्निडाँडाको जीवन्मा कसैले दाई, भाई, काका भनेर बोलाउदा नेपालनै पुगेझै अनुभव हुन थाल्यो। तेसैले यो साईबर संसारको जीवन्मा अचम्मको
रमाइलो गर्न थाले। कस्तो अचम्म कसैलाई देखेको छैन, बुझेको छन, तेहिपनी आफ्नै मान्छे होकी जस्तो लाग्ने।
आज्भोली चै बिहान चौतारी छिरेर मर्निङ मर्निङ नभनी र बेलुका लहरेले यू तुब र इम्मेमडट्कम् बाट टाशेको गीत नशुनी निन्द्राइ लाग्दैन। हुनत आँफैले सुन्ननी सकिन्थ्यो तरनी लहरेकै हात्बाट डाउनलोड गरेको सुन्ने बानी पेरिसक्यो।
साह्रै चाडै घुल्मेल भयियो। कसरी खै, लु गाउँलेहो मेरो चौतारी प्रवेश शहज र आफ्नै मान्छेझै चौतारीमा शहज रूप्मा स्विकर्दिनु भएकोमा धन्यवाद।
यसरीनै चौतारीमा नमरून्जेल हासी खेली रम्न पाउ। चौतारी फलोश फुलोश, १०० भाग हैन १००० भाग पुगेको हेर्न पाउ।
लु यतिनै।
माझि दाई पोखरा फेवतालको
लाउ माया साचैको नलौन्भो ख्याल ख्यालको
जये चौतारी
( Happy Valentines Day)
Read Full Discussion Thread for this article