Posted by: Rahuldai February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

हो त ठुली, सान्नानी नि हराएको धेरै भो। सान्नानीको नानी पनि चौतारीमा आउने बेला भैसक्यो।
माया मार्न पाइन्न-

मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन।

बसन्तको हरियाली फूल संगै ओइली झर्छ,
सेतो हिंउ   र कालो बादल हावा संगै उडी जान्छ।
  
 तर तिम्रो न्यानो माया, अझै पनि नायो नै छ,
तिम्रो माया, मार्नै सकिन।

मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन।

धेरै लामो बाटो हामी संगसंगै हिडिसक्यौ।
टाढा टाढा कता कता हामी दुबइ पुगिसक्यौं।
तर अन्त यसको यही भन्न अझै मन छैन,
तिम्रो माया मार्नै सकिन।

मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन।

गीतकार- स्वर्गिय तिर्थ राज तुलाधर
संगितकार- स्वर्गिय नाती काजी
स्वर्- फत्ते मान
 

Read Full Discussion Thread for this article