Posted by: Birkhe_Maila February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

प्यारी नातिनीलाई पितृ हजुरबाको पत्र

 

नातिनी तितौरी, (ख्वाक्क……. ख्वाक्क)! पोर साल जलबिरेमा पैरो गा बेलाँ तिम्लाई देखेसि यो बुडो आँखाले कइलेइ नदेखेर आँखा नि थाकिसक्या थो। तेपसछि दिन बितो हप्ता बितो मइना बितो तितौरी गाम फर्किन। आउलिन कि भनेर ब्यानै उठेर सुर्जेलाई ढोगेर बतासे डाँडाँ बसेर तल खोलो देखुन उकालो बाटो सप्पै नियालेँ कति दिन कति। तेसपछि त यो नलिखुट्टोले नि साथ दिन छोडो, पाइला सार्न नहुने भओ। त्याँसि हेरि एइ घरको फलैँचाँ बसेर नि आँखाले भ्याउने ठाम सम्म हेर्या हेरेइ छु आम्छौ कि भनेर। (स्वाँ स्वाँ..)! हाम्रा घर तिर कोइ भुराभुरि आ र सिँगान माथि तानेर सिँ सिँ अर्या सुनो भन्देखुन पनि तिमी आयौ कि भनेर यि नलिखुट्टाँ बल भरिन्ते। कठै! अर्जेलको छोरो भुन्टे आयो, कप्तानको नाती च्यान्टे आयो, कमलीकि छोरि मखमली आइन, सपैले मिलेर यो बुडोलाई जिस्काए रमिता अरे चाइन्जो खलबल नै अरे तर एतिका भुराभुरि आम्दा नि आफ्नि नातिनी आइन बाबै! पुस्टकारी न कट्कटिया त काँ हो र, सपैलाई सोधेँ ठुलीलाई सोधेँ, सान्नानीलाई सोधेँ, सपैलाई सोधे कता हिँडिन नातिनी भनेर, कसैले पनि म बुडोलाई भनेन। आज आइछौ बा! खुसिले मेरा त खुट्टा ठिक ठाममा छैनन्। क्यार्नु, मया लाउछ के रे असाद्दे, यत्रि चिचिलो जत्रि हुँदा देखुन स्यारेको। अब आएउ हामि बुडाखाडा खुसि हुनि हो, हाम्लाई त सधैँ याइँ बस्दिराखे हुन्तो अस्तो लाउछ, क्यार्नु बाबै तिमेरु हुर्केउ, तिमेरका नि आफ्ने चाइन्जो समस्से हुँदो हो। अब नमरे बाँचे कालले साँचे अर्को सतकाँ आम्ने कुरा गरेउ, तिमेरु त भर्खरका छौ बाँचि हाल्छौ नि, बरु म बुडो अब कति भाग सम्म जिम्दो हुन्छु कुन्नि केइ भेउ छैन, अइलेइ देखुन कता कता अब आम्न पाइँदैन कि भन्ने अत्यास लाउन थालिसको! जे भ नि ज्यान हल्लाम्न सकेसम्म र आँखा खोल्न सके सम्म म बुडो याइँ हुन्छु। बेला बेलाँ एसो बुडोलाई बोलाउन भए नि आउने गर्नु। अस्तिन अस्तिन त सान्नानी नि आ थि, उ नि कता लागि लागि बाबै! एस्तै हो जन्मो, हुर्को बडो, आ-आफ्ना जाइजेथा कर्म धर्म जेथा जिनिस सम्हालो बसो। तेसै अरि बुडो भइन्छ बाबै! हेरचा अर्नु के रे आफ्नो, आफ्ना मुन्छेको, राउँरो बोलि बोल्नु, भाग्गेमानी हुनु। (स्वाँ स्वाँ..) खै मेरा त बुडो मन के रे,  रुन थाल्छ फेरि धेर बात मार्न खोज्दा, लु एइ हो, बेलाबेलाँ चिठि लेख्नु के रे, आफू त आँखा देख्तिन ग्वाँचेलाई बाच्न लार सुनौला!

हरिशरणम

(ख्वाक्क ख्वाक्क..)

Read Full Discussion Thread for this article