हे हे! राहुलदाइका संघर्षका कथा नि सुनियो। खास कुरा के भने म नयाँ मान्छेसँग हतपति नजिकिहाल्दिनँ, यो मेरो
स्वभाव हो, त्यसैले स्वागत गर्ने र नाम राख्ने काम म कमै गर्छु। मैले गर्ने भनेको जासुसी हो, फेरी जासूस धेरै अघि
अघि गएर बोल्नु ठीक नि हुँदैन, त्यसैले सबैको मामलामा म स्वागत गर्नमा पछि परेको कुरा स्वीकार्छु, कुनै कुनै
अपवाद बाहेक। कहिलेकाहीं मूड चलेको बेला चैं गर्छु फेरी, उदाहरणको लागि, हरी पहिलो पल्ट चौतारीमा आउँदा दुइ मिनेट
भित्र 'हरितालिका' नाम मैले नै दिएको हुँ। मूड नभएको बेला चैं सबैको निग्रानी राख्छु अनि नयाँ मान्छे अलि पुरानो
भएपछि मात्र बिस्तारै बोल्न थाल्छु, यो कुरा अरूमा पनि लागु हुन्छ। जस्तो म्याड्डू भैयाले पनि मैले किन नबोलेको
भनेर सोधेका थिएर शुरूमा। रिट्ठे, लहरेसँग नि शुरूमा त्यति बोल्दिनँथें जस्तो लाग्छु। कुरा गरेको तरीका, सबै हेरेर
मात्र बिस्तारै बोल्न जाने स्वभाव छ मेरो। तर मिलेपछि चैं राम्ररी मिल्छु है म फेरी! हे हे!
अब नयाँ आउने नेत्रेलाइ चैं स्वागत गरिहालम्, मूड चल्यो आज!
अनि शहरियाको कुरामा चैं म भाग ३ देखि अहिलेसम्म छु, शुरू शुरूमा त गाम्लेहरूले बोलेको ५०% बुझ्दिनथें, वाल्ल
परिन्थ्यो, अनि आफ्नै पाराको भाषा निकाल्न कोशिस गरिन्थ्यो। चौतारीलाइ मैले 'चम्तरी' बनाइदिएको चैं रमाइलो थियो।
मलाइ पहिले सबैले नेपाली भाषी नै भन्ठानेका रहेछन्, यौटा टुक्रा लेख्दा घरमा 'भोज' भएको प्रसंग आउँदा तितौरी
छक्क परेकि थिई रे, नेवारहरूको पो भोज हुन्छ त, चित्रेको कसरी भयो भनेर।
खैर यस्तै हो जिन्दगी राहुलदाइ, जहाँ नि घुलमिल गर्न संघर्ष गर्नै पर्छ, तपाइ संघर्षमा श्रेष्ठ ठहरिनु भयो र रहनुभयो
तर कैंयौ यस्ता नामहरू छन्, जो चौतारीमा केही छिन्, केही दिन आएर संघर्षसँग हारेर अन्तर्ध्यान भएका छन्।
'सर्भाइभल अफ त फिटेस्ट' हुनु भएकोमा बधाइ छ!