Posted by: serial February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
मेरो चौतारी मा आगमन २००७ साल अगस्त भन्ने महिना मा भयो,
चौतारी ८७ ताका छिरेको हुँ क्यारे, दुई चार वता सायरी तासेर छिरियो,
सायरिको तारिफ भयो, तर बाल चाँही तेती पाहिएन, बाल नपाएपनी
भोली पल्ट बिहानै चौतारी छिरे, बिहान कस्को मुख देखेछ कुन्नी, सबैले
नमस्ते भन्न थाले, आफु पनि तारेमाम् भन्दै बसे, ठुलिले नाम राखिदेउ
भनेपछी रिट्ठे ले मेरो न्वारन गरिदियो, तेस्पस्च्यात सिरियल लहरे भयो।
मलाई चौतारीमा पहिलो स्वागत गर्ने चाँही सन्नानी परीन।
एवम प्रकारले चौतारी मा हास्ठत्ता गर्दै जादा चौतारी रस्रङ प्रधान भै चौतारी
रस्रङ को कार्यभार पनि सम्भाल्दै आए, सोही कार्यकाल्मा कसै कसै लाई
अयोग्य घोषणा पनि गरे, चार पाँच वटा सुचना प्रकाशइत पनि गरे। समग्रमा
भन्नु पर्दा, मेरो चौतारी आगमन मेरो लागि फलदाइ साबित भयो, तीन चार जाना
सँग जान पैचान पनि भयो, ल ल कती लेख्ने यस्तै यस्तै हो।      
Read Full Discussion Thread for this article