चौतारीका समस्त औतारीहरुलाई रुमानी प्रणय-दिवसको कामना र उल्लासमय शतकांकको अनुष्ठान हेतु हाजिर छु, अभिवादन स्वीकार गर्नुहोला ।
यस विशेषांकमा दौतरीहरुका कोसेली खान र बात मार्न यथासमय यथाअनुकुल हाजिर हुने नै छु, अहिलेलाई तीन टुक्रा कविता चखाउन चाहन्छु । दुईवटा पुराना रिसाईकल्ड प्रणय-कविता (एउटा कवि पाब्लो नेरुदाको, अर्को मेरो) र एउटा अप्रकाशित गजल (मेरो गजल जीवन आरम्भकालको) । गजल चाही संभवत: मैले लेखेको पहिलो पाँच गजल मध्येको एक हो ।
ल स्वीकार गरम है त ।
*** *** *** *** *** *** *** *** ***
प्रेम गितिका (१७)
पाब्लो नेरुदा
तिमीसंग बसेको मेरो माया
परिचित
गुलाफको रंग र मणिको चमकमा
बसेको माया जस्तो
छैन ।
यो त कुनै
अपरिचित र खतरनाक कुरासंग बसेको
डरमर्दो र गोप्य माया जस्तो
छ ।
कहिल्यै नफुल्ने जातको
बिरुवाले
जिउभित्र लुकाई राखेको
फूलजस्तो,
मेरो जिउभित्र
तिम्रो बाक्लो गन्ध
लुकेर बसेको
छ ।
कसरी यस्तो भयो ?
किन यस्तो भयो ?
कहिलेदेखि यस्तो भयो ?
अहँ मलाई थाहा छैन
थाहा पाइराख्न पनि चाहन्न ।
अरु तरिका पनि हुँदो हो
तर मलाई आउने यसरी नै हो
यसरी नै माया गर्छु, गरिरहन्छु
मेरो छातीमा परेको
तिम्रो हात मेरो हो
म निदाउँदा
चिम्लने आँखा तिम्रो हो
हो, यसरी एकाकार छु
म तिमीसंग ।
Sonnet XVII (100 Love Sonnets, 1960)
Pablo Neruda
I don't love you as if you were the salt-rose, topaz
or arrow of carnations that propagate fire:
I love you as certain dark things are loved,
secretly, between the shadow and the soul.
I love you as the plant that doesn't bloom and carries
hidden within itself the light of those flowers,
and thanks to your love, darkly in my body
lives the dense fragrance that rises from the earth.
I love you without knowing how, or when, or from where,
I love you simply, without problems or pride:
I love you in this way because I don't know any other way of loving
but this, in which there is no I or you,
so intimate that your hand upon my chest is my hand,
so intimate that when I fall asleep it is your eyes that close.
*** *** *** *** *** *** *** *** ***
तिमीले पठाएको रित्तो चिठी
नेपे
तिमीले पठाएको रित्तो चिठी
रित्तो थिएन
हो,
त्यो नाङ्लोमा थपक थपक हालिएको मस्यौरा जस्तै
आकाशको पूर्वनिर्धारित स्थानमा थपक्क बसेका जून र ताराहरु बोकेको
रात जस्तो थिएन
न त
सूर्यलाई कदरखुट्टी बोकेर
सकि नसकि हिंडीरहेको दिन जस्तो
त्यो त
बरु
मिर्मिरे जस्तो थियो
शान्त, ताजा र सिनित्त सफा
वा
सन्ध्याकाल जस्तो
प्रशान्त
विश्रामरत
र कसैको आगमनको प्रतिक्षारत
अथवा
मानौं
बिहानको शान्त फेवा
हावाको एक फाँको सट्ट आईदिन के बेर
अथवा
दन्त्यकथाको त्यो बगैचा
जहाँ अदृश्य फूलहरु फूल्दथे
सुगन्ध भएर
क्यानभासको त्यो चित्र
जुन कुनै आकस्मिक वाध्यतामा
हतार हतार मेट्न परेको थियो
यो शिघ्र विश्वासमा
कि
उसका सपना-आँखाले त देखिहाल्छ नि
उसका हृदय-ईजेलले त टाँगिहाल्छ नि
यो "न" नभएको नाई
यो "हो" नभएको स्वीकार
यो समापन बिनाको अन्त्य
यो भूमिका नभएको शुरुवात
तिमीले पठाएको रित्तो चिठी
सहस्र आवाजहरुलाई निलेर बसेको मौनता
प्रियतम
तिम्रो चिठीलाई अर्थ्याउने प्रयासलाई विश्राम दिएर
केवल त्यसको अनुभूतिमा जब रम्दै गएँ
तिम्रो कस्सम
तिम्रो रित्तो चिठीमा
हजारौं हजार अक्षरहरु देखें
र धन्य भएँ ।
Your Blank Message
Not like a night
With pre-positioned stars and moon
Or with the sun borne sky
Sometime at the
It was rather like a dawning sky
Fresh, clear, silent and quiet
Or tranquil, relaxing, waiting
For something- like a twilight
A calm sea in the morning
A gentle breeze can pass by any moment
Or how about that garden
Where bloomed only the scent
It is a picture from an empty canvas
Some reasons had to make it invisible
Left to be touched by a dream's eye
And to be hanged on a heart's isle
It is a No with no 'No'
It is a Yes with no 'Yes'
It is an end without end
It is a beginning without a preface
It is a silence that has swallowed a thousand sounds!
Beloved you
I found a thousand words
In your blank message
All I had to do was
To stop trying to apprehend and
To be content with
Just feeling them
Thank you!
(रचनाकाल: 1998 )
*** *** *** *** *** *** *** *** ***
गजल
नेपे
तिम्रो छुवाईलाई मान्छे भन्छन् सिमलको भुवा
हाय म किन भएँ त्यो दिन पानीमरुवा
तिर्खाउन यत्ति सक्छु थाहै थिएन मलाई
तड्पेका थिए अरे संसारभरका कुवा
आधा चिम्लेका आँखा आधा खुलेका ओंठ
यो मन भएको थियो मानौं फुकेको जुवा
चितामा मेरो लाश जल्दै गरेको बेला
उडेको थियो तिम्रै घरतिर मेरो धुँवा
(रचनाकाल: 1987)
*** *** *** *** *** *** *** *** ***