Posted by: भउते February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

जदौ ! गाम्लेहरु ! चौतारीको शतक अङ्कको लागि सबैलाई बधाइ छ। अनि सबैलाई ह्याप्पी भ्यालेन्टाइन्स डे।

यसपाली त आफूले बोरफस हानियो के रे !

यसको श्रेय हाम्रा अति बयोबृद्द जिम्माल-बालाई जान्छ। जिम्माल-बा'ले पठाको भिरियो राति १:०० बजे सम्म हेरेर नबसेको भे' कहाँ बोरफस हुन पाउनु नि।

 

चौतारीको पहिलो प्रवेशको कुरा गर्दा खेरि फेरि अतितको पुरै सम्झना भएर आयो। मेरो प्रवेश चौतारीको अङ्क-०मा अर्थात भ्रुण-अङ्कमा भएको थियो। इश्वरले भउते गाम बाट हरायो भनेर गाम भरि हल्ला पिटेछ। भउते हरायो भनेपछि गाममा छोरीहुनेहरुले भउतेलाई भन्दा पहिले छोरी खोज्न थालेछन्।  नहुनेहरु भउतेलाई नानाथरी बापत लगाउँदै कुरा काट्न थालेछन्। आफू मुग्लान'ट फर्किँदा खेरि त गाम भरि अनुहार देखाउन नहुने स्थिति थियो। अनि वास्तविकता सुनाउनलाई मेरो पहिलो प्रवेश यसरी भएको थियो।

 

 

Posted on 08-24-05 8:21 PM     Reply | Notify Admin
 
लौ हेर ! २-४ दिन नभा'को त गाउँमा के के कुरा काटेर मरेछन् लौ।ब्यर्थैमा त्यो जुकेको बापत लाएर मलाई। यो सब त्यै ठगेको काम हुन पर्छ।

अब कुरो चैँ यस्तो भा'को हो के।

जनैपुर्नेको दिन ठाईँलामामालाई जनै-सनै फेराएर म यसो करेसा तिर सुचि अर्न परो भुनेर छिरेको, ठाइँला मामाको छोरी जमुनी त्यैँ आइपुगी। सुँक्क सुँक्क गर्दै "म त बर्बाद भएँ दाई" भन्दै भुडि मुसार्छे । हैन के भो र भनेर अलि पर टौवा मुनि लगेर सोधेँ। कुरो गडबड रे'छ के।

जे भे नि तेरो दाई नै हुम् क्यारे। ल नढाँटिकन भन् त, को सँग लसपस थियो भनेर कछ्याएँ। केटीले गोबिन्दे र ठगेलाई पोली। एउटा भा' नि त्यसैसँग झुन्डयाइदिन हुन्थ्यो नि, २-२ जना फेरि। ल ल नआत्ति, मावल जान्छु भनेर भोलि भालेको डाँको सँगै एकसरो कपडा बोकेर पिपलधारामा निस्कि, एक घन्टामै म त्यैँ आइपुग्छु भनेर सम्झाएँ त्यसलाई।

नेपालाँ कुरो ठीक पार्दा फेरि गाईँगुईँ हल्ला आइहाल्छ। अब अस्तिनै इसेल्सीमा गुल्टेको झोकाँ भागेर नौतुनासम्म पुगेर गोडा पन्ध्रेक दिन नुकरी गरेर आ'को हुनाले गोर्पुर सम्म जाँने आँट आयो। अस्ति थोरे पाडी बेचेको गोडा चारेक हात्ती थियो। त्यै बोकेर बिहानै सुईकिएम। फेरि कहिल्यै नभेटिने मान्छेहरु आजै भेटिनु पर्ने के। कसैलाई कता कसैलाई कता भन्दै हिडियो।

बटौलीमा मसिने भेट भो। जमुनीलाई उता लुक्न पठाएँ। मसिने पल्टनाँट फिर्दै रे'छ। "क्या बात, कता भौत दोस्त?" भन्यो। "एउटा पम्पुसेट हाल्न परो गाउँमा। कति ढिकि-जाँतो गर्नु। बरु अलेलि सघाम्नु परो। दाम पुग्दैन जस्तो छ।" भुनेर पन्ध्र हजार कम्पनि मागेँ बाटोमा के पर्छ कसो पर्छ भनेर। अछ्छा विचार गर्नु भे'छ भन्दै खुरुक्क निकालेर दियो त्यसले, लाटो न हो मोरो।

बोडराँ पुलिसले काँ जानि, किन जाँनि भन्दै थियो। हामेरु बुढाबुढी हुम् भन्दै जीपमा झुन्डेर गोरखपुर हानिएम। पाएँटको चारहजार त बाटैमा काटिएछ नि। धन्न मसिनेले दे'को चैँ ईँजारो तिर बाँधेको ले बचेछ ल। पैसो दुइ तिर राख्ने मेरो बुद्धिलाई माने के मैले।

होटेल सोटेल खोजेर दुबैले जेरि-पुरी खा'र सुत्नु परो भनेको त " ए दाई म त नछुनि भएँ खाटका कपडा तल झार्देउ। म तल सुत्छु" पो भन्छे जमुने राँडि त ल। "भुडि नि टुनुक टुनुक गर्याछ। यस्तो बेलाँ माथि सुत्न पनि हुदैन भन्थे" पनि भन्छे फेरि। म त टवाँ परे नि। तँ पैले पनि नछुने भै'राखेकि थिस् भनेर सोधेको। "अँ" भन्छे फेरि।

"कुरो गडबड भो जस्तो छ। गोबिन्दे र ठगेले तँलाई के के गरे लु सप्पै बता त" भनेर फेरि सोधेँ। पैला त लजाई केटी। पछि रुँदै भन्न थाली।

"गोबिन्दे सँग सारुको घरमा पुजामा हात समाएर नाचेको रे। ठगे ले चै शिवरात्रिको दिन राति कता कता हात लग्यो" भनेर भन्छे।
"थुक्क तेरो बुध्दि। त्यस्तो गरेर नि यस्तो हुन्छ त?" भनेर दुई चड्कन लगाइदिएँ। उता फेरि भुडि डोलडोलतै छ।
शंका लागेर तल झरेर दुइटा ट्यापलेट किनेर खान दे'को त आधा घन्टा मै ह्वाक्क गरेर तिनोटा जख्मने जख्मने जुका ओकली नि केटीले।

जुके राँडिले अनाहकमा दु:ख दिई ल। त्यै झोकाँ साच्चिनै पम्पुसेट हाल्ने जोश आयो। अनि यो पाँच हरस पावरको कुटानी-पिसानी पम्पुसेट बोकेर आको नि।

घर आउँदा त गाउँमा चाहिनी नचाहिनि कुरा ल। उता मामा रिसाएर ठुन्क्याउँछु भन्दै खुर्पा लिएर उफ्रिनि फेरि। बल्ल बल्ल सम्झाको।

***

:)
-भउते


 

यसको पुरै भाव बुझ्नलाई यो भन्दा अगाडिको सबै पोस्टहरु पढ्नुपर्छहोला। नयाँ पाठकहरुको लागि लिईङ्क:

http://sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=1&PageNum=1&forum=2&threadid=23369

 

:-)

-भउते

Read Full Discussion Thread for this article