Posted by: Birkhe_Maila February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

गजब!

आज प्रेमदीवसको दिन पारेर चित्रेले चौतारीको सयौँ अंक खोलेछ! यसैले पनि तिमीलाई मइँले दिने आशिषमा प्रेम त पर्नै पर्छ। जे सुकै भए पनि यो बर्ख आफ्नो प्रेयसि भेट्टाएस जसले यो जीवनभर साथ देओस! नङ-मासु भएर जिन्दगी चलाउनु! एउटा हिन्दि सिनेमाको डाइलग याद आयो जमानामा आफू अल्लारे हुँदा त्यो आफैँलाई लेख्या जस्तो लाग्थ्यो- " कहिँ कोहि मेरे लिए भि बना है!" अब यो डाइलगमा रोमांचित हुने मात्र हैन खोज्न पर्यो चित्रे, समस्याहरु सुल्झेपछि खोज्ने भनेर बस्ने हैन, खोजेर भेटेपछि समस्याहरु स्वत: सुल्झन्छन!!

केहि समय पछि म मेरो प्रथम चौतारी यात्राको बारेमा सत्य तथ्य ओकल्न हाजिर हुने नै छु, त्यतिन्जेल सम्मको लागि आज्ञा दिनुहोस्, नसम्कार!!

 

सबैलाई प्रेमदीवसीय जदौ! भन्छन एक्लै लोग्ने मान्छे होस वा स्वास्नी मान्छे होस पूर्ण हुँदैनन्, सबैले पूर्णता पाउन मेरो शुभकामना छ!!

 

 

Read Full Discussion Thread for this article