Posted by: Rahuldai February 13, 2008
जागिरको डायरीबाट !
Login in to Rate this Post:     0       ?        

अन्तर्वार्ता  ३


निबेदक- नमस्कार ( हातै नजोडी)।
अफिसर- १,२, ३, - नमस्कार
                 बस्नुस्


अफिसर १- तापाईको परिचय ।
निबेदक- बिनोद् कुमार् **इ

अफिसर २- घर् कता पर्‍यो कुन्नी?  

निबेदक- मन्त्रीज्यू को गाउं।

अफिसर ३- त्यसो भए मन्त्रिज्यूलाइ राम्रो संग चिन्नु हुन्छ होइन?

निबेदक- हो एउटै गाउं को नचिन्ने कुरै भएन।


अफिसर ३- त्यसो भए मन्त्रीज्यू लाई जागिरको लागि भनि सक्नु भयो होला होइन?


निबेदक-  हो भनि सकें, ग्यारेन्टी हुन्छ भनेको छ।

अफिसर १- त्यसो भए जानुस्, तपाई को जागिर् पक्का भए बधाई छ?

यस्ता मन्त्री र प्रधान् मन्त्रीको ध्वाँस् दिने अनेक आए। तिनको योग्यता र क्षमता को परख गर्नु भन्दा औपचारिकता निभाउदै पठायौं। मन्त्रीको ध्वाँस दिने कसैको पनि जागिर् भएन्।

 

 

 

Read Full Discussion Thread for this article