Posted by: world_map February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

लु अब फेरी चौतारीको जरा खोतल्छु केही बेर। 


चौतारीको सत्ययुग सकेर द्वापरयुगमा प्रवेश गर्दा म्याट्रीक्स् रोज, रूइना आदि अप्सराहरू अन्तर्ध्यान भए, अनि 
सान्नानी, मिस दिदी आदिको आगमन भयो। कविता, गीत, दोहोरी आदीको लागि स्वर्णयुग थियो त्यो, दादा, भौते,
जिम्माल बाहरूबाट लामा लामा युगल गीतहरूको पोस्ट हुन्थ्यो। दादाले गाम्लेहरूको रियल नाम पत्ता लगाउने खेल
खेलाएका थिए। कसैको नाम थाहा हुनेले अक्षरहरू जम्बल्ड अप गरेर दिने, अनि अरूले अक्षरहरूलाइ मिलाएर नाम
गेस गर्ने। त्यो बेला कसैले कसैलाइ व्यक्तिगत रूपमा नचिनेको समयमा धेरैको वास्तविक नाम चैं थाहा पाइयो। यसैबीच
जिम्माल बुडा पुराण लेख्नको लागि चार महिनाको लागि चौतारी मात्र हैन साझा नै छोडी गुप्तवासतिर रवाना भए।
त्यसपछि ठूलीको आगमन भयो चौतारीमा, नेपाली सिक्नको लागि निकै ईच्छुक थिई, अनि चौतारी स्कूलको पनि 
स्थापना भयो। मिस दिदी बच्चाहरूलाइ कक्षा १ मा पढाउने, भौतेकाजी प्रौढ कक्षाको शिक्षक। हामी दिनदिनै बिहान
हाजिर गर्थ्यौं आ-आफ्नो रोल नं भनेर। 

२००६ को जुन तिर अलि सुनसान हुन थाल्यो चौतारी, घिस्री घिस्री चल्न थाल्यो, सायद वर्ल्डकप फुटबलको कारणले
पनि हुन सक्छ। दादाले मलाइ कुन कुन म्याच हेरम् भनी सोधिरहन्थे। ठूली र म अर्जेन्टिनाका फ्यान थियम्, तर 
ट्याम ट्याममा हामी झगडा गरिरहन्थ्यौं, त्यसैले दादाले हामी दुबैजनालाइ रेड कार्ड देखाए। फुटबल सकेपछि पनि
चौतारीको वेक कमै थियो, एकदिन भौतेकाजी र पून्टेदाइ अचानक देखा परेर दोहोरी खेल्न थाले, म पनि एकदुइ लाइन
गाउँदै थिएँ, नयाँ मान्छे क्यामोफ्लेज्डको ईन्ट्री भयो, मैले 'कामबहादुर' भन्ने नाम दिएँ, तर अर्कि नयाँ केटी टाइराले
भने कुम्ले भन्ने नाम दिई, जस्को नाम कालान्तरसम्म पनि कुम्ले नै रह्यो। टाइरा, कुम्ले, भौते, पून्टेदाइ दोहोरी खेल्दै
थिए, म, ठूली र अरू चैं अलि अलि खेल्दै ताली बजाम्दै थिएम्। टाइराको नाम हामीले शुरूमा तिरकुमारी राखेका थिएम्
पछि तितौराकुमारी हुँदै तितौरी र तिरू बन्न पुग्यो।

केही दिनपछि चौतारी फेरी शून्य बन्न पुगेकोले मैले कविता र गीतबाट मात्र रमाइलो नहुने देखेर कथाको शुरूवात गर्ने
निधो गरी मेरो बाल्यकालको कथा श्रृंखला शुरू गरें। त्यो मुख्यत: मैले अरूलाइ नि कथा लेख्न आकर्षित गराउने ध्येयले
गरेको थिएँ, मेरो कथा त उस्तै हो, त्यति रमाइलो त कहाँ हुन्छ र? र साँच्चि नै मेरो कथाले काम गर्यो, गालबले
आफ्नो साथीको जन्ती गएको बारेमा यौटा दामी कथाको श्रृंखला शुरू गर्यो, जुन अत्यन्तै राम्रो थियो, साहित्यक 
द्रिष्टीकोणले र सामाजिक जागरणको द्रिष्टिले पनि। यो चौतारीमा कथा युगको शुरूवात थियो। यो सँगै द्वापर युगको 
अन्त्य र त्रेता युगको आरम्भ हुन्छ चौतारीमा। यसै समयमा चार महिना गुप्तवास बसेरका जिम्माल बा फर्केर आउँछन्
र पुराना गाम्लेसँग भलाकुसारी गर्छन्, नयाँ सँग चैं परिचय गर्छन्।

उफ्फ्फ! लेख्नै अल्छि लाग्यो। अब त्रेता युगको बारेमा पछि लेखम्ला। हामी २००६ को अगस्ट सेप्टेम्बर सम्म आइपुग्यौं,
दादाको आइडियामा चौतारीको प्रथम वार्षिकोत्सव भव्यताका साथ मनाइयो, तीन दिनसम्म सबैले आ-आफ्ना लेख, रचना पस्केर।

Last edited: 13-Feb-08 11:04 AM
Read Full Discussion Thread for this article