Posted by: sajhabusaima February 13, 2008
Express ur views on Maoist Leaders???
Login in to Rate this Post:     0       ?        
कुरा रोचक नै छन् तथापि माओबादि समर्थक साथीहरु को कुरा कहि कहि आलि अपाच्या भए पनि ।

माओबादि साथि हरु सँग यसको जवाफ पनि छ कि ? नेपाल मा जातियता लाइ मुद्दा बनाएर अहिले को मोड मा लेर्याउने को? माओबादि हरु लाइ साच्चै नै थाहा छ नेपाल मा कति जाति बस्छन र हरेक जाति को कति प्रतिसत योगदान छ नेपाल को जनसंख्यामा ?

प्रचण्ड पथमा हिडने पथभ्रष्टहरुले कतिसजिलै सोझा साझा  हाम्रा गाँउले दाजु भाइ दिदि बहिनि लाइ युध्द को भुमरिमा होमाए जातियता को आधार मा स्वायत प्रदेश बनाउने नाम मा  जतियता अनि उनि हरु भन्दा भिन्न सोच राखने लाइ चाइना को तेन मेन स्काएर मा चाइनिज सरकार निमिट्यानन् पार्न खोजेजस्तै पार्न गाँउघर बाट। त्यसैको पछिल्लो उदारण बन्न पुगेका छन दिलेन्द्र प्रसाद बडु। अनि अहिले तपाइ हामिले  देख्ने तराइ मा जन्मेका वा पुर्ब का मेचि कोशिमा जन्मेका कुन चाँहि समुहलाइ माओबादि ले यो आस्वासन दिएको थिएन कि तिमि हरु को छुट्टै प्रदेश हुन्छ भनेर ।

अब माओबदि साथिहरु ले भनुन कुन चाहि राम्रो काम भएको छ त माओबादि बाट । के राजा फ्याल्न माओबादिले मात्र गरेको हो त , कथापि होइन । यि देशका सैतान बाट त्यो काम हुन्थयो भने १०- ११ बर्ष सम्म कुर्ने थिएनन् सस्तो लोकप्रियता को लागि मर्ने ले सकेको भए ज्ञाने ले सासन हात मा लिने बेलैमा हुन्थ्यो । जब सबै जनता ले फ्याक्न भनेर युध्द गर्न सुरु गरेपछि माओबादि पनि अरु पार्टि जस्तै एक पार्टि मिसन आएको हो। होइन भने २१ दिन को जन युध्द भनेर माओबादि नेता ले भन्ने थिएनन्  आफ्नो १३ बर्ष को युध्द लाइ भुलेर।


Read Full Discussion Thread for this article