Posted by: nepali man6e February 13, 2008
nepali didile payeko dukhako katha
Login in to Rate this Post:     0       ?        

चर्को यातना पाएर फर्किइन् मनमाया

प्रदीप मेयाङ्बो (ekantipur.com)

धरान, माघ २९ - राम्रो कमाइको लोभमा कुबेत पुर्‍याइएकी सुनसरी, प्रकाशपुर-७, भुटाखालकी ४० वषर्ीया मनमाया भट्टर्राई चरम शारीरिक यातना सहन नसकेर ११ महिनापछि घर फर्केकी छन् ।

कुबेतबाट फर्केको तीन दिनपछि सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि उनी भर्ना भएकी छन् । उनले कुबेतमा आफू तीन ठाउ“मा बेचिनुपरेको बताइन् । घरेलु कामदारको रूपमा पुगेकी उनलाई मालिकको लगातारको पिटाइले कुरूप र विक्षिप्त बनाएको छ । शरीरभरि नीलडाम छ । बिनापासपोर्ट, बिनाखर्च र एकसरो लुगामा कसरी आइयो आफैंलाई थाहा नभएको उनले बताइन् । उनी अझै विक्षिप्त अवस्थामा छिन् । 'सपनामा पनि आफूलाई कुटिरहेको देख्छु,' उनले भनिन् ।

दिनहु“ कुटपिट गर्दै उनको टाउकोमा तातो पानी खन्याइदिएकाले कपाल खुइलिएको छ । कपडामा आइरन लगाउन ढिलो गरेको भन्दै मालिकले उनको पिठ्यु“ र फिलामा तातो आइरनले डामिदिएको छ । डामेको गहिरो घाउ देखाउ“दै उनले भनिन्- 'मानिस त्यति निर्दयी हुन्छन् भन्ने सोच्नै सकि“दैन ।' तरकारी काट्ने छुरीले उनको हत्केलामा चिराचिरा पारिएको छ । दर्ुइ-तीनजना मिलेर भित्तँमा टाउको ठोक्काउ“दा रगतको धारा बगेको तर पनि नछाडेको उनले बताइन् ।

निरक्षर भएकाले कुबेतको कुन ठाउ“मा काम गरेको भन्नेसमेत मनमायालाई थाहा छैन । पुगेको दर्ुइ महिनासम्म एउटा घरमा घरेलु कामदारको रूपमा काम गरे पनि तलब नदिई मालिकले अर्को घरमा तीन सय डलरमा आफूलाई बेचिदिएको बताइन् । अर्को घरमा पनि मालिकले त्यसैगरी कुटपिट गरेर फेरि बेचिदिएको उनको भनाइ छ ।

खान माग्दा परिवारै धुरिएर कुट्ने गरेको उनले सुनाइन् । धेरै शारीरिक यातना पाएपछि मालिकलाई नेपाल फर्काइदिन अनुरोध गर्दा काठमाडौंंसम्म जहाजको टिकट काटिदिएकाले बल्ल आइपुगेको उनले बताइन् । चार सन्तानकी आमासमेत रहेकी मनमायालाई देवर पर्ने स्थानीय दलाल किशोर अधिकारीले १२ हजार लिएर का“कडभिट्टा पुर्‍याएका थिए । त्यहा“बाट सीमा कटाउने काम छिमेकी रिता माझीले गरेकी थिइन् भने मुर्म्बई पुर्‍याउने जिम्मा छिमेकी गाविस महेन्द्रनगर पीपलगाछी बस्ने सन्तवीर र्राईले गरेको मनमायाले बताइन् । उनीस“गै कुबेत पुग्ने महिला १२ जना थिए ।

उनका पति वेदबहादुर भट्टर्राई सुस्तमनस्थितिका भएकाले तीन वर्षेखि बेखबर छन् । स्थानीय गैरसरकारी संस्था पारालिगलले उनलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरेको छ । उनलाई फकाएर भारतको मुर्म्बईको बाटो भएर बेच्ने रिता माझी र सन्तवीर र्राईका श्रीमती कमला र्राईलाई प्रकासपुर प्रहरी चौकीले पक्राउ गरेको छ ।

i wish no another person has to face the same problem ever again.

 

Read Full Discussion Thread for this article