अन्तर्वार्ता २
चिया ब्रेक ( मेरो लागि चिलिम् ब्रेक) पछि अर्को उम्मेदबार् लाई बोलाइयो। को आउदै छन् भनेर निबेदन् माथी हाम्रो पूर्ब आंकलन हुन्थ्यो। यसपालीको उम्मेदबार् अधबैंशे महिला। नाम् र थर दुबैले खान्दानी राणा परिन्।
निबेदक- नमस्कार हजुर् ( रवफिलो पारामा)।
अफिसर- १,२, ३, - नमस्कार
बस्नुस्
अफिसर २- तापाईको परिचय ।
निबेदक- (लजाउंदै) अन्जना राज्य लक्ष्मी राणा,
माइती टंगालमा, अहिले टेंगलमा डेरा।
अफिसर १- दर्खास्त किन हाल्नु भयो? तपाई त खान्दानी राणा परिवार् को हुनु हुंदो रैछ।
निबेदक- अं~ अं ~ ( बोलि निस्केन)।
अफिसर ३- ल भन्नुस्, तपाई को बुबा के गर्नु हुन्छ?
निबेदक- चीफ इन्जिनियर्, दूर संचार् अफिस को।
अफिसर १- श्रीमान् नि?
निबेदक- घरैमा।
अफिसर २- काम गर्नु हुन्न?
निबेदक- जागिर थियो, अब छैन।
अफिसर १- कस्तो जागिर?
निबेदक- ड्राइभर्।
अफिसर ३- बुबाको गाडि चलाउनु हुन्थ्यो हो?
निबेदक- हो।
अफिसर २- ल जानुस्, पछि गोर्खपत्र हेर्नु होला, धन्यबाद!
भन्नले हामीले बुझ्यौं, राणाजिकी छोरिलाइ आफ्नो गाडि गुडाउनेले उडाइदिए छ। अनि जागिर् चेट। जुन प्रकारको लवाई र रवाफ देखिन्थ्यो, त्योउनको खान्दानी संस्कार् थियो होला, तर आज जुन वास्तबिकत भोगिरहेकि छिन्, त्यस्को पीडा झल्किन्थ्यो, उनको अनुहार् मा ब्यबहार् मा।