***** मन्त्रालयका एकजना अधिकृत साथीसँग केही दिन अगाडी च्याटमा भेट भएको थियो।धेरै पछि भेट भएको एउटा साथीसँगको कुराकानीको बिचबाट एउटा अधिकृतसँगको छलफल निकालेर यता राखेको छु।
साथी: के छ मार्को?
म : ओहो साथी!, के छ हालखबर? के हो? म जस्तै इन्टरनेटको दुरुपयोग गर्दै छौ कि क्या हो सिंहदरवारमा बसेर?
साथी: होइन यार, म त दिगो विकासका कुराहरु पढ्दै छु।
म : ओहो, दिगो विकास भनेको त त्यो महेश भट्टराईले Final Year मा पढाएको कुरा होइन?
साथी: देशमा विकास छ कि छैन थाह छैन, तर के गर्नु? काम गर्न दिगो विकास नभई हुँदैन।
म : गर्नु त परि गो नि साथी। नेपालमा अधिकृत पो हौ त तिमी।
साथी: किन दिगो विकास? थाह छ?
म : विकास चाहिन्छ नै, दिगो हुनै पर्यो, त्यसैले त होला नि!
साथी: होइन ब्रदर। त्यति सजिलो कहाँ हुन्छ?
म : अनि?
साथी: डोनरको इन्ट्रेस्ट त्यता छ, त्यसैले। विदेशीको चाहना..........
म : डोनरको मात्र किन? हाम्रो पनि त प्राथमिकता त्यही होला नि?
साथी: वास्तवमा हाम्रो प्राथमिकता के हो? हामीलाई थाह छैन। वास्तवमा यो विकास हुने ठाँउ नै होइन।
म : कसरी?
साथी: ट्यालेन्ट सबै बाहिर, हाम्रै क्लासका आधि बाहिर छन्, सबै बाहिर गए पछि कसले, किन र कसरी गर्ने विकास?
म : तिमी छौ नि त्यता? हामी मध्ये सबसे खतरा त तिमी नौ हौ नि यार।
साथी: छोड विकासका कुराहरु, यता त धेरै जाडो छ यार अचेल। यो मौसमले त मलाई बिहे गर्न पो प्रेरित गरिराको छ यार।
म : लौ, हो र? हाहा। कसरि?
साथी: दिल बेइमान.......
म : यता त हामी फुर्सद भयो कि म्यारिज चल्छ यार। हिजै मैले 1$ जितिं म्यारिजमा। तर मालै नपर्ने भनेको!
साथी: जम्मा एक डलर?
म : यता डोनरले पैसा दिंदैन, के गर्नु? साँचि डोनरले नेपालमा के यो काम गर् भनेर दबाव नै दिन्छ? कि चाहीं यसो गर्नु पर्यो भनेर भन्छ अनि तिमीहरु खुरुक्क त्यही गर्छौ?
साथी: डोनरले पैसा दिएर हैरान, हामी पैसा दिन आयो भने भाग्छौं। तिमि त पत्याउँदैनौ होला?
म : हो र? कुन फिल्डमा दिन्छ त्यस्तरी पैसा?
साथी: पैसा त जहाँ पनि छ, तर पनि Environment, Energy भयो भने अलि धेरै झर्छ।
म : वास्तवमा यो डोनर भनेको कस्तो हुन्छ? यसले experiment गर्न त्यसो गर्छ कि? कि नेपालको बारेमा धेरै कुरा थाह पाएर हो? कि केही थाह नै हुँदैन? कि यो धेरै पैसा हुनेहरु मूर्ख नै हुन्छन्?
साथी: वास्तबमा यो डोनरको र हाम्रो प्राथमिकता नै मिल्दैन, तै पनि...। अझ, कुन प्रोजेक्ट राम्रो भन्ने कसैलाई पनि थाह नै हुँदैन, पछि फेल भएपछि मात्रै झुर काम भएछ भन्ने थाह हुन्छ।
म : किन त्यस्तो हुन्छ त?
साथी: तिमीलाई थाह छ मेरो माथिको हाकिम को छ?
म : एउटा ठूलो नेताको मान्छे छ क्यारे, हैन?
साथी: ऊ पनि ***** ईञ्जिनियर हो।
म : त्यसपछि? के गर्छ त त्यसले?
साथी: त्यस पछि सकियो। केही पनि गर्दैन।
म : प्रविधिको ज्ञान चाहीं कति को छ त्यसलाई?
साथी: वास्तवमा नेपालमा केही गर्न सकिंदैन, बुझ्यौ?
म : किन त्यस्तो भन्छौ? तिमी भन्दा एकै पद माथि त हो नि त्यो? तिमी राम्ररी काम गर न, कति नै समय लाग्छ र एक पद प्रमोसन हुन?
साथी: मैले त्यसो भन्न खोजेको होइन। वास्तवमा सब लाचार छन् यता। हाकिम, त्यस्को पनि हाकिम, सचिव, सल्लाहकार, मन्त्री, प्रधान मन्त्री सब लाचार छन्। सबलाई थाह छ देशको लागि गर्नु पर्छ भनेर, तर कसैलाई पनि कसरी गर्ने भन्ने थाह छैन।
म : हो र?
साथी: वास्तवमा म मेरो पढाइमा राम्रै थिएँ। शायद मेरा हाकिमहरु पनि राम्रै पढेर नै यहाँ आइपुगेका होलान्। तै पनि हाम्रो व्याबारिक ज्ञानको कुरा आउँछ हाम्रो ज्ञान यति सिमित छ कि मलाई लाज लाग्छ। हामीलाई देशको बारेमा, यहाँको प्रविधिको बारेमा केही थाह नै छैन भन्दा पनि हुन्छ। संरचना नै यस्तै छ यहाँको। अनि डोनरले जे भन्यो, त्यही गर्ने हो। आखिर केही त गर्नै पर्यो नि, कि कसो?
म : हि हि
साथी: आजै मलाई 'Genetically modified Organism' को बारेमा एउटा बैठकमा जानुछ। केही भन्न चाहन्छौ यो बारेमा?
म : के थाह मलाई? KU मा काम गर्दा Bio-Tech को बारेमा सुनेको थिएँ, त्यस्तै त होला नि?
साथी: शायद तिमीलाई पत्याउन गाह्रो होला, तर मैले यहाँ यस्तै बैठकहरुमा भाग लिरहनु पर्छ। कहिले Nuclear Weapon, कहिले Chemical Weapon अनि कहिले Sesmic Hazzard इत्यादी इत्यादी। यस्तो बैठकमा अलि अलि गफ हान्ने समेत भइसकिं नि म त।
म : त्यसो भए पाँच तारे होटेलतिर दह्रोसित जान्छ Chicken Tandori?
साथी: एउटा मिटिङ्गमा एउटा डोनरले भनेको 'गरिवको अधिकार हुँदैन रे!' मैले त सोच्नै छाडेँ अचेल यस्ता कुराहरु।