Posted by: Nepe February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

राहुलजी,

 

भैरव अर्यालको जीवनमाथिको तपाईको निष्कर्षमाथि अलिकता skepticism राख्ने अनुमति चाहन्छु । कुरा उही हामीले नयाँखर्कमा गरेको proper degree of certainty राखेर भन्नेसंग सम्बन्धित छ ।

 

भैरव अर्यालको depression र आत्महत्या नितान्त medical case हुन् कि तपाईले र अन्य कतिपय मान्छेहरुले speculate गरेजस्तै गरीवीसंग सम्बन्धित छ भनेर ठोकुवा गर्ने आधार (डाक्टरी तथ्यांक वा व्यक्तिगत अन्तर्वार्ता) मैले कसैबाट सुनेको छैन ।

 

अर्को कुरा, भैरव अर्याल गरीवी जस्तो सर्वव्यापी (नेपालको सन्दर्भमा र खास गरेर नेपाली साहित्यकारहरुको सन्दर्भमा) कुराबाट सजिलै भाँच्चिने खालको मान्छे हुन् जस्तो मलाई लाग्दैन ।

 

त्यसैले, उनको केस मलाई चिकित्सकिय केस होला भन्ने लाग्छ । जे भए पनि हामी सबै सम्भावनासंग खुला रहनुपर्छ भन्ने मेरो आग्रह हो ।

 

अर्को कुरा कस्को गरीवी जायज हो र कस्को चाही नाजायज हो भनेर तोक्ने अवस्थाको सभ्यतामा हामी छौं जस्तो मलाई लाग्दैन ।

 

हुन त म पुँजीवादी हुँ र त्यस कोणबाट हेर्दा जो मेहनती र चलाख दुवै (दुवै नै) छन्, तिनीहरुले सम्पन्नता हासिल गर्छन् वा गर्नुपर्छ भनेर भन्नु पर्ने हो मैले । तर पैत्रिक सम्पत्तिले सम्पन्न अल्छी र स्वाँठलाई पनि स्वीकार गर्नुपर्ने पुँजीवादी वाध्यताले मलाई त्यसो भन्न दिदैन ।

 

त्यसैले ईतिहास र सभ्यताको यस घडीमा गरीवी/सम्पन्नतालाई भाग्य र मेहनत दुवैको खेलको रुपमा स्वीकार गर्दछु म ।

 

गरीवी/सम्पन्नतालाई भाग्यको खेल हुन नदिई सबैलाई बराबर गरेर बाँड्ने साम्यवादी सुत्रले दुनियाँमा ठूलो ठूलो त्रासदीकासाथ विफलता हासिल गरिसकेकोले अहिलेको सन्दर्भमा त्यो भन्दा अर्को वैकल्पिक resolve पनि देख्दिन म ।

 

ल कताको कुरा कता पुग्यो । तर एउटा कुरा नि त ।

 

 

Nepe

Read Full Discussion Thread for this article