Posted by: Rahuldai February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

भैरब अर्याल कै प्रसंगमा १-२ कुरा राख्न अनुमती चाहन्छु। ब्यङ्गलाई ढङ्ग सङ्ग पस्कने सक्ने बेजोड प्रतिभा ( फेरी प्रतिभा आयो) का धनी भैरब अर्याल को जिन्दगी बेढङ्गको रह्यो। लाग्छ, जिन्दगीले उनैलाई ब्यङ्ग गरे। भर्‍याङ मा पासो लगाई केवल हास्यब्यङ्ग नासो छोडी हिंडे। गोरखा पत्रमा सामान्य दर्जाको जागिर। कहिलेइ मनले चाहे जती धन पाएन। यता लक्ष्मी रिसाउने उता स्वास्नी ठुसाउने। दाम्पत्य जीवन पनि काठमाडौ सडक जस्तो रह्यो। जता ततै भ्वाङ नै भ्वाङ । यता टाल्यो, उता उप्कियो। हाकिम साहेबअहरुलाई थाहा थियो, भैरब को असली रुप। तै पनि केही सुधार भएन।

उनी मन्त्रिको भाषाण लेख्ने पनि गर्थे, त्यसइबाट अलिकती राशन  को जोहओ पनि गर्थे। एक दिन आँफैले लेखेको भाषाण को रिपोर्टिङ गर्न खटाइेछ। रिपोर्टिङ गरी सम्पादकको टेबुल हुंदै कम्पोज गर्ने कामको लागि आँफै कहाँ आइपुगेछ। सिङ न पुच्छर भेर। यसरी मानसिकरुपमै अपमानित हुंदै पीडा खप्दै, सहनै न सके पछी देह त्याग गरे। उनको पीडा अरुलाई के थाहा? सबैलाई हसाउने भैरब ले कहिलेइ उन्मुक्त हासो हास्न सकेन। बिडम्बना देश को, हाम्रो समाज को।

Read Full Discussion Thread for this article