Posted by: SurNaTal February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

राम्रो बिचरा चित्रे।

त्यो भैरबह अर्यलका निबन्धहरु त बहुतै मज्जका हुन्छन नि।

हिजो अस्ती एउटा पढ्दै थें "उड्नु संग उड्दा भन्ने।"
कुरा यस्तो थियो।
उता अमेरिकाले चन्द्रमा तिर रकेट उडाएकै दिन एता हर्केले ठुलि उडाएछ। आच्या। यि पात्रहरु मात्रै हुन है, चौतारी संग कुनै relation छैन यिनिहरुको।

हैन यो उडाउनु पनि कस्तो ब्यापक, बिरालोले दुध उडाउने, राइट ब्रदरले हावाइजहाज उडाउने, बिश्टेले चुरोट उडाउने, जिम्मालले गफै गफमा चौतारी बासिलाई उडाउने। धत्तेरिका।

कोही हावामा उडाउने, कोही हो हो मा उडाउने। उफ।

अरु खै के के थियो तेस्मा।


अनी हर्के दाइको टाउको को कुरामा एक पंक्ती यद आयो।

"प्रिथ्भी गोलो छ", म चिच्याउछु।
"कस्तो गोलो गुरु", विद्यार्थी बुझ पचाउंछ।
"तेरो टाउको जस्तो गोलो", मेरो टाउको तात्छ, तर भन्न सक्दिन।
"सुन्तला जस्तो गोलो बाबु", टाउको अलिकता चिस्याउने प्रयास गर्छु।

वास्तवमा टाउको र प्रिथ्भी उस्तै त हो। जुम्राहरु टाउकोका मान्छे हरु। कुनै जुम्रो एक छेउ बाट अर्को छेउ सम्म पुग्दो हो, कोलम्बस जस्तै र नयाँ संसार पत्ता लगाएकोमा फुरुंग हुंदो हो। तर जब म नुहाउन बस्छु, ब्रम्हाले हात हल्लाउदा प्रिथ्भी हल्लेको जस्तो जुम्राको संसार पनि हल्लिन्छ।

खै के के अरु अरु .

जडौ सबै लाई।

Read Full Discussion Thread for this article