Posted by: world_map February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

अब म धारा साराको कुरालाइ झ्यालबाट फुत्त फालेर हाँस्यव्यंग्यको बारेमा लेख्न चाहन्छु, मूड चेन्ज भो मेरो। 


तपाइहरूलाइ भैरव अर्यालका हाँस्यव्यंग्यात्मक निबन्धहरू मध्ये कुन सबैभन्दा बढी मन पर्छ? पक्कै पनि अधिकांशले 
भन्नुहोला 'जय भुँडी' या 'महापुरूषको संगत'। मेरो चैं कक्षा ९ मा पढ्दासम्म 'चन्द्रलोक कस्को?' निबन्ध सबभन्दा प्रिय
थियो, जस्मा अर्यालले भविष्यको वर्णन गरेका छन्, अत्याधुनिक वैज्ञानिक कुराहरू लेखेका छन्, सबै मानिसहरू 
चन्द्रमामा जानको लागि एकले अर्कोको खुट्टा समातेर रकेटमा झुन्डिएर गैरहेका हुन्छन् माथि। झुन्डिने मध्ये एकले
चन्द्रलोक कस्को? भनी जोडले चिच्याउँछन्, अनि झुन्डिरहेका सबैले दुबै हात उठाएर 'मेरोऽऽ' भन्दा त सबै जना खस्छन् तल।

तर ९ कक्षामा पढ्दा लाइब्रेरीबाट यौटा हाँस्यव्यंङ्ग्य निबन्ध संग्रह ल्याएर पढें, जस्मा देवकोटाको खै के खच्चर भन्ने
निबन्ध नि थियो क्यारे! त्यसमा नामको बारेमा नि एकदम हसाउने निबन्ध थियो, मलाइ सबभन्दा मन परेको चैं
भैरव अर्यालको 'ए! ज्या भुसुक्कै!' भन्ने निबन्ध हो, जुन निबन्ध त्यो बेलादेखि मेरो लागि उत्कृष्ट हाँस्य निबन्ध बन्यो।
उक्त निबन्धमा अर्यालले मानिसको दिमागलाइ बिग्रन लागेको, प्वाल प्वाल परेको, मक्किएको पुरानो भित्तासँग दाँजेका
छन्। पुरानो घरमा कौसीतिर जाने भित्तालाइ राम्ररी स्याहार गरिंदैन नि, कुना काप्चामा, प्वालतिर कतै भाँचिएको 
टुट बुरूस कोचिएको हुन्छ, कतै बिग्रिएको खेलौना। किराले खाएर धुजा धुजा परेको कागज कतै कोचिएको हुन्छ। हाम्रो
मस्तिष्क नि त्यस्तै हो, कुन बेला कुन चीज या सूचना भेटिन्छ र दिमागको मक्किएको भित्तामा यादै नगरी कोचिदिन्छौं हामी।
पछि त्यो सूचना निकाल्न चैं उत्तिकै धौ धौ! कहाँ राखियो थाहा छैन, भन्ने बित्तिकै के चीज कहाँ छ सम्झनै नसकिने।
के कुरा कहिले गर्नु पर्ने हो त्यो नि थाहा छैन, अनि हामी भन्न बाध्य हुन्छौं, 'ए! ज्या भुसुक्कै!"

यो निबन्ध 'जय भुँडि' संग्रहमा छैन, त्यसैले धेरै गाम्लेले पढ्नुभाको छैन होला। मैले नि निक्कै भुलिसकेछु, 'ए! ज्या 
भुसुक्कै!"

Read Full Discussion Thread for this article