Posted by: Nepe February 11, 2008
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

गजल

नौलो साधुले हात रित्तो लिएर आयो
चिनेको चोरले बरु पैंचो लिएर आयो

बलवानहरु ताल्चा फोरिरहेका थिए
यस्तैमा एक बालक साँचो लिएर आयो

कुर्दा कुर्दाका कति आँधी-बेहरी पछि
मेरो साथी बल्ल बल्ल कुचो लिएर आयो

होचाहरु हो नुह, सोझाहरु हो बाङ्ग
बचाऊ मुख साथी घोचो लिएर आयो

किसानहरु आकाश ताकिरहेका थिए
खेत गयो र आफै कुलो लिएर आयो

मार्दैनौ किन फड्को ? पर्खन्छौ पुल नै किन ?
को गयो रे लिन पुल ? भुत्रो लिएर आयो !

मैले छेकिरहँदा मलाई छेकिसकेछ
काल मेरै नापको कात्रो लिएर आयो

ढुङ्ग्रो लुका'को भए 'नि मही दिउँ भन्नु
के दिउँ जुलुसलाई, डोको लिएर आयो !

बहस योग्यताको भईरहेको थियो
दीपु किन फाटेको भोटो लिएर आयो ?

(submitted to Nepal National Weekly on Jan 18, 2006 and of course REJECTED !)

Read Full Discussion Thread for this article