Posted by: world_map February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

आज फेरी खोकान दिन मन लाग्यो मलाइ! 
के को बारेमा खोक्ने हो बरू? अँऽऽ नेपाली कविताको धाराको बारेमा केही भन्छु। नेपाली कविताको इतिहासमा
भानुभक्त र मोतीराम भट्टको समय भक्ति धाराको हो, भानुभक्तको पालामा राम भक्ती धारा अनि मोतीरामको पालामा चैं कृष्ण
भक्तिधारा स्थापित थियो क्यारे। वि सं. १९६६ मा देवकोटाको जन्म भयो र उनी चाँडै नै नेपाली साहित्यमा पदार्पण गरे, 
फलस्वरूप वि सं. १९८० दशकदेखि नै स्वच्छन्दावादी धाराको शुरूवात भयो जस्का प्रणेता देवकोटालाइ मानिन्छ। वि सं.२०१०
को मध्यतिर अर्थात् २०१६ मा देवकोटाको देहावसानपछि प्रगतिवादी धारा  साहित्यिक क्षतिजमा देखियो, जसका
उज्जवल नक्षत्र भूपी शेरचन हुन्। 

२०२० को दशकमा भने नेपाली साहित्यमा प्रयोगवादी धाराको प्रवेश भयो, यो धारालाइ समिक्षकहरू बुझ्न कठीन, 
क्लिष्ट अनि सोझो अर्थ नभएको भनेर आलोचना गर्छन्। हुन पनि प्रयोगवादी धाराले नेपाली कवितालाइ यति घुमाउरो
र गाह्रो बनायो कि पाठकहरूलाइ कविता बुझ्न हम्मे हम्मे पर्न थाल्यो। यो धाराको अन्तर्राष्ट्रीय स्तरमा पनि इतिहास छ।
दोस्रो विश्व युद्ध पछि युरोपको सामाजिक, आर्थिक स्थिति यति नाजुक भयो कि मानिसहरूलाइ हिटलरको कंकालले सताउन
छोडेन, जताततै ढलेका,जलेका घर, गिर्जाघरहरू, मुद्रा स्फितिको आर्थिक हाहाकार र यु्ध्दका विभिषिकाहरूले आम मानिसलाइ
निराशाको खाडलतर्फ निरन्तर धकेलिरहेको थियो। यही भोक, गरिबी, हिंसा र युध्दपछिको अनिश्चिततालाइ कवि साहित्यकारहरूले
कविताको माध्यमबाट प्रतिविम्वित गरे। शब्दहरूको भाव यति गाह्रो र क्लिष्ट हुनथ्यो कि त्यसको अर्थ सहजै बुझ्न 
मुश्किल पर्थ्यो। प्रयोगवादी धारालाइ अन्तर्राष्ट्रिय साहित्यबाट नेपाली साहित्यमा प्रवेश गराउने कविहरू हुन् मोहन कोइराला, बैरागी काहिंला
पारिजात, आदी। 

मोहन कोइरालाको 'फर्सीको जरा' बहुचर्चित कविता हो, मैले उनको 'हिमचुली रक्तिम छ' कविता संगह पढेको थिएँ, जस्मा
रहेका कविताहरू प्रयोगवादी धाराको कठीनताद्वारा जकडिएका छन्। तैपनि मलाइ ती कविता पढ्न साह्रै मजा लाग्थ्यो, सायद
कविताका अन्गिन्ती अर्थ लगाउन सकिने भएर होला। प्रयोगवादी धाराको प्रक्षेपण पछि पाठकहरूको निकै आलोचनाहरू
आउन थाल्यो बुझ्न गाह्रो कविता भनेर। 

२०३३ सालदेखि नेपाली साहित्यमा समसामयिक धाराको शुरूवात भयो जस्लाइ ४६ साल अघि र ४६ साल पछि गरेर
दुइ भागमा बाँड्न सकिन्छ क्यारे। अघिल्लो समसामयिक धारामा पनि २०४२ सालमातरलवादी भनिने छुट्टै धाराको प्रतिपादन गर्ने
तीन कविहरू हुन् तीर्थ श्रेष्ठ, फणीन्द्र नेपाल र विनय रावल। फणीन्द्र नेपाल मेरा नेपाली गुरू हुनुहुन्थ्यो स्कूलमा।
तर तरलवादी धाराले नेपाली साहित्यमा निरन्तरता पाउन सकेन।

मैले प्रयोगवादी धाराबाट प्रभावित भएर ९, १० कक्षा हुँदा केही कविता लेख्न खोज्या थें, तर ती त प्रयोगवादी धाराको
छेउछाउमा पनि पुगे जस्तो लाग्दैन। लु, कविताको धाराको बारेमा लेखेको प्रयोगवादी धारामा चैं अलि बढि फोकस परेछ
क्यारे! जे होस् कविता पढ्नु लेख्नु मेरो यौटा शौख थियो मेरो, आजकल त त्यति गर्न नि समय निकाल्नु पर्छ!

Read Full Discussion Thread for this article