Posted by: SateLite February 11, 2008
बुद्दिबहादुर ले दिनु दुख दियो....- एउटा सामान्य कथा
Login in to Rate this Post:     0       ?        

अब यसो फुर्सद निकालेर हल्काफुल्का मनमा लागेका कुरालाइ कथानक प्रस्तुति दिने प्रयास गरेको मात्रै हो ! पढिदिनुभयकोमा धन्यवाद ! अनि आलोचना र प्रोत्साहन त सामान्य प्रक्रिया हुन !
बिर्खे माइला अनि समवेर-अन्डर-निथ अनि Chicagoan जि धन्यवाद !

to Chicagoan- मलाइ लाग्छ कथा या साहित्यको कुनै रेखा हुँदैन,हो कला र अश्लिलताको एउटा परिधि हुन्छ तर प्रश्न उठ्छ- कुन हदसम्मकोलाइ कला र कुन हददेखिको माथिलाइ अश्लिलता मान्ने ? यसमा सबैका आफ्ना धारणा हुन्छन !
मैले काम गर्ने परिवेष र बातावरणमा ' suck my d or p' सुन्न कुनै आइतबार कुर्नु पर्दैन ब्रो,सायद हुनसक्छ यो घटिया बस्ति होस या बिकासको चरमताले छोयर पछिल्तिर फर्किरहेको सभ्यता होस !तर तिनै दैनिक जिवनमा घट्ने र भोगेका सामान्य कुराहरुलाइ कथानक प्रश्तुति दिनमात्र खोजियको हो ! नेपालि सिनेमामा बलात्कारको दृष्य देखाउनुपर्यो भने खुटटा हल्लायको र आगो बालेको देखायर प्रतिकात्मक रुपमा देखाउनुपर्ने समय अब रहेन ! जे हो यथार्थ दिँदा नै मान्छेले लिन्छन ! मन लाग्दा लाग्दैपनि खोक्रो आदर्श देखाउनु त हाम्रो बिशेषता नै हो ! यसमा धेरैमत नहोला !

ति शब्दहरुद्वारा हाम्रा नारिपात्रहरुलाइ underestimate या so so गर्न खोजियको होइन ! केवल कथाका रुपमा ति आयका हुन !

अनि साझाका अरु कथाहरुको बारेमा त के भनाइ भयो र !  im huge fan of sajha stories.
त्यहि देखेर नै सानोतिनो प्रयास !

धन्यवाद !!

Read Full Discussion Thread for this article