Posted by: SateLite February 11, 2008
बुद्दिबहादुर ले दिनु दुख दियो....- एउटा सामान्य कथा
Login in to Rate this Post:     0       ?        
मोवाइलको स्क्रिनमा उसको नंबरबाट कल आयको देखाइरहेको थियो ! मैले उठायँ-
'हेल्लो प्रेमकुमार भन '

' के भन्ने यार,आज मुड upset छ , यसो अस्तिको ठाँउमा भेट न...एकछिन कुरा गरौँ सोमरसको साथमा" उसको बिरक्तियको जोगिको जस्तो शुष्क आवाज सुनियो !

अब मलाइ यति अनुमान लगाउन त गार्हो भयन कि आजपनि यस्ले आफ्नि प्रेमिकापुराण सुनाउने भो ! भयको के थियो Love बुद्दिबहादुर अथवा प्रेमकुमार र कुनै केटि गर्दथे तर यसको प्रतक्ष्य victim मलाइ बनाइयको थियो ! हरेकपल्ट प्रेमकुमारको आफ्नि प्रेमिकासँग ठाक्ठुक पर्नु भनेको मैले CNN ( Continue Nonsense News) सुन्नुसरह हुनजान्थ्यो ! म उसको प्रेमपिडा नै भनौँ सुनेर घाइते हुन्थेँ भने उसकै sponcer मा पेगहरु थप्दै जान्थे,अन्त्यमा मेरा पेगहरु सकिन्थे तर उसको प्रेमगिता सकिने नाम नै लिन्नथ्यो ! जब म बसेकै ठाँउमा अचेत हुन्थे त्यसपछिमात्र उ आफ्नो CNN बन्द गर्थ्यो ! यसको असर के हुनपुगेको थियो भने love भन्ने बस्तु मेरो अचेतन मनमा एउटा हरर मुभिको भिलेनसरह बनेर बसेको थियो ! कुनैपनि केटि भेटेर कुरा गर्ने situation आउनासाथ म दिदिबहिनि-माइजु-अन्टि-भतिजि र स्कुल जाने उमेरकि भय बिलम्ब नगरि बैनि र कलेज लेभल कि भय तुरुन्त दिदिको नाता गाँस्ने गर्दथेँ ! अब कलेजमा दुइचारपल्ट फेल भयर कलेजको Permanent Student को status लियका केटिहरुलाइ म आदर गरेर माइजु र अन्टिको नामले सम्बोधन गर्दथेँ ! मैले माइजु र अन्टिको सम्बोधन गरेको सुनेर उनिहरुमध्ये कोहि क्लासमा जाँदै छ भने Plan Change गरेर बाथरुममा पसेर ऐना हेरिहाल्दथे र मैले किन अन्टि भने बिषयमा चिन्तनमनन गरेर निराषित मुद्रामा फर्कन्थे ! मलाइ अलि हेयको द्रृष्टिले हेर्नेगरेको महशुष मलाइ हुन्थ्यो !


एकपल्ट त के सम्म हुन गयो भने, कलेजमा स्थायि बसोबास गर्ने मध्येकि एउटि नारिले मलाइ बाटोमा ' whts up kiddo ?' भनेर भनिन अनि मैले बिनम्र भावमा 'im good aunty' यतिमात्र के भनेको थियँ रिसायर ओसामा बिन लादेनको रुपधारण गरिन, अनि के गर्ने के गर्ने भयछ क्या र अन्टि रिसायर 'suuuck my P***' भन्दै खाम्लाझैँ गरेर हेरिन अनि म सपना त गयको राति खासै राम्रो देखियको होइन त्यहिपनि यो अवसर कसरि ? भन्ने सोँचेर 'ok take off your freaking pant'
मेरो उत्तर सुनेर उनको पाँचौ इन्द्रिय जागेछ क्या रे ' wht the fuuuck, go to hell भन्दै बाटो लागिन !अनि अर्को दिन त आफ्नो ग्याङका केहि स्थायि अन्टिहरु जम्मा पारेर नेपाल बन्दको घोषणा गर्लिन कि भनेझैँ ज्ञापनपत्र लियर बसेका ! उनिहरुको माग एकसुत्रिय रहेछ त्यो मैले Publickly माफि माग्नुपर्ने रे !


तर मेरो प्रश्न थियो ' माफि for what ??'
बाटोमा 'take off ur pant' भनेकोले,that is totally disgusting,u must apology publickly' हडतालकर्ताहरुको भनाइ थियो ! यत्तिकैमा कताकताबाट बुद्दिबहादुर अर्थात प्रेमकुमार आयो परैबाट चिच्याँउदै ' के हँदैछ यहाँ ?'
'ओइ बुद्दि तिम्रो साथि त कस्तो पात्तियको बाइ,बाटोबाटोमा पाइन्टखोल भनेर भन्ने,मर्न नसकेको मुर्दार ? ' एउटि सदस्यले मतिर आँलो ठड्याउँदै बुद्दिबहादुरलाइ भनिन ! बुद्दिपनि अब केहि गर्नैपर्छ भन्ने सुर कसेर आयको देखियो ! खडेरिमा सानो बर्षाको महत्व पनि धेरै भयझैँ यो बेलामा बुद्दिबहादुरलाइ अन्टि भयपनि काम चलाउ सरकार गठन गर्न कसले रोक्ने ? मख्ख पर्दै आयो गधा तर मेरो रिसायको मुहार देखेपछि त्यो तुरुन्त बिजुलि गयको बल्बझैँ शान्त भयो !


' क्या हो डाँका बाटोमै त्यसो भन्ने, येसो कोठा,सिनेमाहलतिर भय त केहि अनुशासित रहेछ भन्न हुन्थ्यो तर तँ त बाटोमै ? " बुद्दिबहादुरले अन्टिहरुलाइ खुसि पार्न मलाइ हकार्यो !
' हो त कोठा या अरुठाँउ भय त हामिले पनि केहि बिचार गर्न मिल्दो हो तर प्रजातन्त्र भन्दैमा बाटोमै भन्न त मिलेन नि...मर्न नसकेको मुर्दार ' मलाइ हेर्दै पिडित नारि कराइन !
'तर...' मेरो आवाज निस्कन नपाँउदै एउटि नारि उफ्रिहालिन' के तर अब...'
'यो मर्न नसकेको मुर्दार भन्ने बाक्यप्रति म घोर बिरोध जनाउन चाहन्छु,मुर्दार त मरेपछि पो भैन्छ अब अहिले त म जिँउदो छु नि,यसप्रति बुद्दिबहादुरको ध्यान जाओस' मेरो रुन्चे स्वरमा भने ! बुद्दिबहादुर केहि मख्ख देखियो !

'हो यो मान्छेलाइ मर्न नसकेको मुर्दार भन्नुभन्दा बाँचेर दुख दिने मुर्दार भन्न म अनुरोध गर्दछु यहाँ उपस्थित सम्मानित नारिहरुलाइ' बुद्दिबहादुरले अदालतको न्यायाधिसले झैँ आदेश दियो !

चारवटै केटिहरु एकस्वरमा चिच्याय ' रोजर'

बुद्दिबहादुरले त्यहाँनिर एउटा बुद्दिमतापुर्ण काम के गर्यो भने मलाइ हप्कायजस्तो गरेर नारिहरुलाइ ' आज यो street court आफ्ना सम्पुर्ण कामकार्वाहि यहिँ स्थगित गरेर बाँकि कामहरु छ महिनापछि गर्ने घोषणा गर्दछ र यहाँ उपस्थित नारिहरुलाइ आ-आफ्ना पाइन्ट,कट्टु जे जे हो सबै अलि कसेर लगाउनुहुन अनुरोध गर्दछ किनकि यो समाजमा यो जस्ता मान्छे (मतिर देखाउँदै)हरुपनि बस्ने गर्दछन भनेर मलाइ उम्कायो,हडतालकर्ताहरुले आफ्नो एकसुत्रिय माग फिर्ता लियर हर्षोल्लषित भय ! जाने बेलामा मलाइ ति पिडित अन्टिले SSSSSस....भन्दै गइन !


मलाइ बुद्दिबहादुरसँग कम्ति रिस उठेको थियन तर त्यो साँझ उसले अलि राम्रै आर्थिक जोहो गरेछ,यसो डिस्कोथेकतिर लगेर सुर र सुरा दुबैको पान गरायो तर अर्को बिहान उ निकै चिन्तितमुद्रामा प्रश्तुत भयक थियो ! मैले आँखा मिच्दै सोधेको थियँ- के भो प्रेमकुमार,फेरि कसैसँग ब्रेक-अप भयो कि कसो ? मेरो ठट्यौलिपुर्ण प्रश्नमा गम्भिर प्रकारको उत्तर थियो उसको - 'हैन हिँजो ज़िनको झोँकमा टोपि लाउनै बिर्सेछु यार,कतै बर्बाद त भयन हँ ? ' उ त्रसित मुद्रामा थियो ! मैले बुझेँ उसको तात्पर्य अनि आफैलाइ सम्झेँ, मैले के गरेँ भनेर- आssss अलि ढुक्क भैयो.....टोपि लगायको सम्झना भयो ! अब यहाँनिर टोपिको अर्थ सरल छ !


'कमसेकम टोपि लगाउन त संझनुपर्छ यार..." मैले भने तर त्यो सुझाव प्रेमकुमारलाइ मन परेनछ ! हुने कुरा भैहाल्यो अब सुझाव दिनुको के अर्थ छ र ?

'म तँजस्तो टोपिलाल होइन ...मुर्ख " उल्टै उसले मलाइ टोपिलालको नाम दियको थियो, भयको के थियो भने म प्राय गरेर अगिल्तिर अलिकति स्टिलसहितको क्याप लगायर हल्लिन्थेँ त्यसैलाइ आधार बनायर बुद्दिबहादुर लगायत केहि खलनायकहरुले मलाइ'टोपिलाल' को नाम दियका थिय जुन मलाइ पटक्कै मन परेको थियन !

एकहप्तापछि 'Blood check' गरेभैहाल्योनि प्रेमकुमारजि ! चिन्ता लिनुहुँदैन फेरि जिवनको आनन्द लिइसक्नुभयो क्या रे !फेरि अब अन्टिहरुपनि त लाइनमै हुनुहुन्छ नि हजुर्को लागि ! के को पस्चाताप हो ! यति भन्दै म दिब्य सुब्बाको ' पस्चातापमा जलिरहेछु' गाउदै एउटा चुरोट सल्काउने उद्योगतिर लागेँ ! उ टोपिको असर र सम्भावित खतराबारे चिन्तन गर्न थाल्यो !


___________________________________________________________________________________

उसको खास नाम अर्कै थियो !बुद्दिबहादुर प्रधान तर म उसलाइ प्रेमकुमार भन्न बाध्य भयको थियँ, यसकारण कि उ प्रेममा यसरि फसेको थियो मानौँ प्रेम भनेको एउटा गहिरो हिलोले भरियको खाडल हो जहाँ जान सकिन्छ तर निस्कन सकिन्न !
उद्योगधन्दा अचेल देशमा सुकेका थिय,काम पाइने कुरा भयन ! त्यसैले पकेटखर्चमा ब्यापक कटौति आयको थियो र बुद्दिबहादुरको भरोषामा नबस्ने हो भने जिन लगायत का रसहरुबाट सातपुस्ते नाता लाग्ने सम्भावना कम थियो ! बरु म उसैका प्रेमकथा अझ भन्नुपर्दा प्रेमपिडा सुनेर उसलाइ सान्त्वना दिँदै पेगहरु थप्दै जाने मास्टर प्लानमा लागेँ !


प्रेमकुमारले अस्तिपल्ट प्रेमिकाको महत्वको बारेमा निशुल्क बोर लागुञ्जेल लेक्चर दियको थियो सायद आजको बिषय उसको फोन प्रेमिकाले किन उठाँउदिन भन्ने हुन सक्छ कारणसहित ! अनि रक्सिको बिचबिचमा मलाइ जब उ "टोपिलाल" को नामले सम्बोधन गर्छ, यस्तो लाग्छ कि सबै बल निकालेर गालामा एक चम्पट दिउँ तर त्यो पनि नमिल्ने,फेरि ज़िन पिउन हराउने सम्भावना उत्तिकै हुन्थ्यो !
केहि दिनदेखि मलाइ बारम्बार फोन गरेर उ आफ्नो निराशा पोखिरहेको हुन्थ्यो आफ्नि प्रेमिकाले जति गरेपनि फोन उठाँउदिन भनेर.....अब email को जमाना अलि थियन नत्र इमेल गर बाबु भन्नहुन्थ्यो !कहिलेकाहिँ लाग्थ्यो उसकि प्रेमिकालाइ गयर एक चम्पट गालामा दियर प्रेमकुमारसँग बिहे गर्न धम्कि दिँउ कि भनेर तर जब प्रेमकुमारबाट उसका सम्भावित जेठान दाजुहरुका बलिष्ठ पाखुराहरुको बर्णन स्वस्थानिको कथा सुनायझैँ सुनाउँथ्यो....भयको साहस सबै माछामार्न भनि कतै कर्णालि र भेरि नदितिर जान्थ्यो !तर मेरो अनुमानमा बिशेषत रक्सि पियको बेलाको अनुमानमा उसकि प्रेमिका पौराणिक कथाहरुमा बर्णन गरिनेजस्ति अत्यन्त्य क्रुर र प्रेमहिन लाग्थ्यो मलाइ उसको दुर्दशा देखेर !
म यस्ता झिना-मसिना कारणहरुले गर्दा नै प्रेम र प्रेमकुमार दुबैबाट टाढा भाग्थेँ !


_____________________________________

सायद प्रेमकुमारले अब wallet मा टोपि राखेर हिँड्ने काम गर्छ होला,किनकि भर्खरमात्र उसको अन्टिनामका पात्रहरुसँग उठवस सुरु भयको छ कुनैबिहान उ निथ्रुक्क पर्दै मैकहाँ आयर यदि टोपिबिनाको आफ्नो दुखेसो पोख्न थाल्यो भने मलाइ कम्ति रिस न-उठ्ला र ?
मैले भन्ने शब्द त्यतिबेला केवल उसलाइ " u bloody sick....."


-The End-
Read Full Discussion Thread for this article