Posted by: shirish February 10, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
राजास“ग जाने कि माओवादीस“गै रहने -

काङ्ग्रेसभित्र चर्कंदो ध्रुवीकरण

माओवादीस“ग सहकार्य जारी राख्ने कि त्यसलाई तोडेर दरबारतिर सम्बन्ध बढाउने विषयमा विवाद

सन्तोष आचार्य

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पर्ूवसञ्चार राज्यमन्त्री दिलेन्द्रप्रसाद बडूमाथि उनकै गृहजिल्ला दार्चुलामा माओवादीहरूले कुटपिट गरेको घटना काङ्ग्रेस-माओवादी सम्बन्ध धमिल्याउन पर्याप्त त थियो नै, यसले काङ्ग्रेसभित्र पनि एकखालको हलचल पैदा गरििदयो । माओवादीहरूस“गको सहकार्यले काङ्ग्रेसलाई फाइदा नपुगेको भन्ने पार्टर्ीीेताहरूको एउटा समूह उक्त सहकार्यको पक्षमा रहेको समूहप्रति झन् आक्रामक बन्यो ।

काङ्ग्रेस पार्टर्ीीत्र विचारमा मतभेद देखिएको यो पहिलोपटक होइन । अन्तरमि सरकारको नेतृत्व गररिहेको यस पार्टर्ीीत्र राजतन्त्र र गणतन्त्रको विषयमा निकैअघिदेखि धुव्रीकरण हु“दै आएको थियो । राजतन्त्र र माओवादीलाई हर्ेर्ने फरक दृष्टिकोणका कारण उत्पन्न मतभेदले गर्दा अहिले काङ्ग्रेसभित्र दर्ुइथरी विचार समानान्तर रूपमा अगाडि बढिरहेको छ । र, छ दशक पुरानो यस पार्टर्ीीत्र यही विषयलाई लिएर दर्ुइखाले गुटले आकार पाउन थालेको छ । एउटा गुट, जो सरकार तथा पार्टर्ीी प्रभावशाली छ, माओवादीलाई साथमा लिएर गणतन्त्रकै बाटोमा लागिरहनुपर्ने पक्षमा छ । अर्को गुट माओवादीस“ग सहकार्य तोडेर राजसंस्थालाई निरन्तरता दि“दै अगाडि बढिरहेको छ  । त्यसो त तेस्रो धार पनि छ, जो राजा र माओवादी दुवैस“ग निरपेक्ष न सापेक्ष रहनुपर्ने धारणा राख्छ ।

विभाजित काङ्ग्रेस एक भएपछि पार्टर्ीी गति लिने विश्वास गरेका अधिकांश पार्टर्ीीार्यकर्ताहरू पनि अहिले यिनै कित्तामा बा“डिन थालेका छन् । काङ्ग्रेसभित्रको धुव्रीकरणले पार्टर्ीी्क्तिभित्र मात्र होइन, त्यसको प्रभाव राष्ट्रिय राजनीतिमा समेत देखिएको छ । कतै काङ्ग्रेस फेर िविभाजित अवस्थामा पुग्ने त होइन भन्ने आशङ्कासमेत गर्न थालिएको छ । प्रधानमन्त्री तथा पार्टर्ीीभापति गिरजिाप्रसाद कोइरालाको उमेर र स्वास्थ्य प्रतिकूल हु“दै गए पनि दोस्रो पुस्ताका नेताहरूमा परपिक्वता तथा सङ्गठित भाव देखिएको छैन । उनीहरू वैचारकि अलमलमा परेका छन् ।

समूह नम्बर एक

दर्ुइ वर्षघि माओवादीस“ग १२ ब“ुदे समझदारी गरेदेखि नै उसलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्नरत काङ्ग्रेसभित्रको एउटा समूह अझै पनि माओवादीलाई साथमा लिएरै हि“ड्नुपर्ने र राजालाई नारायणहिटी दरबारबाट सदाका लागि बिदा गर्नुपर्ने पक्षमा छ । कुनै पनि र्सतमा संविधानसभा निर्वाचनपर्ूव माओवादीलाई मूलधारको राजनीतिबाहिर जान दिन नहुने मान्यता राख्छ यो समूह । यस्तो मान्यता राख्नेहरूमा गृहमन्त्री कृष्णप्रसाद सिटौला, शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेल, शेखर कोइराला, नरहर िआचार्य आदि रहेका छन् ।

पार्टर्ीीत्रका विपक्षीहरूले यस समूहलाई माओवादीको पिछलग्गू मात्र भन्ने गरेको छैन, माओवादीलाई पुलपुल्याएर अराजक बन्न सघाएको आरोपसमेत लगाउने गरेका छन् । तर, यस समूहका नेताहरू माओवादीलाई पाखा लगाउ“दा अर्को राजनीतिक दर्ुघटना निम्त्िाने मात्र होइन, शान्ति प्रक्रियाका क्रममा हालसम्ममा प्राप्त सबै उपलब्धिहरू बेकामे हुने बताउ“छन् । राजसंस्थालाई निरन्तरता दिनुपर्ने विपक्षी गुटको वकालत गधालाई पखालेर गाई बनाउने र्सकसजस्तो हुने यस समूहको तर्क छ ।

जनआन्दोलन-२ ले माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन र राजसंस्थाको अन्त्य गर्न 'म्यान्डेट' दिएको बताउ“दै अहिले पुनः राजसंस्थाको पक्षमा झुकाव देखाउनुको कुनै औचित्य र आधार नभएको केन्द्रीय सदस्य नरहर िआचार्यको तर्क छ । उनी माओवादीको विरोध गरेजस्तो गरेर राजसंस्थाको पक्षमा वकालत गर्नुको कुनै महत्त्व नभएको बताउ“छन् । भन्छन्, "माओवादीको विकल्प राजतन्त्र हुनै सक्दैन ।"

समूह नम्बर दुइ

माओवादीस“ग न दूरी न नजिकको सम्बन्ध राख्नुपर्ने मान्यता यस समूहले त्यतिखेरैदेखि राख्दै आएको हो, जतिखेर भारतको राजधानी नया“दिल्लीमा सात दल र माओवादीबीच १२ बु“दे सहमति भएको थियो । यस समूहले त्यतिबेलैदेखि माओवादी एजेन्डामा फसेर काङ्ग्रेसले आफ्नो मौलिकता र पहिचान गुमाउ“दै गएको धारणा अघि सार्दै आइरहेको छ । माओवादीको लहलहैमा लागेर पार्टर्ीीसले थापेको राजनीतिक 'एम्बुस'मा परसिकेको तर्क यसका पक्षधरहरूको छ । साथै माओवादीस“गको सहकार्यले पार्टर्ीीई मात्र नभई मुलुकको र्सार्वभौमिकता, अखण्डता र विधिको शासनमा समेत खलल पुगेको उनीहरूको निचोड छ ।

यस समूहका अगुवा हुन्, पार्टर्ीीहामन्त्री कुलबहादुर गुरुङ । उनलाई साथ दिनेहरूमा गोविन्दराज जोशी, खुमबहादुर खड्का, विनयध्वज चन्द आदि रहेका छन् । माओवादीस“ग जारी सहकार्य तोडिहाल्नुपर्ने यस समूहको प्रमुख मुद्दा हो । माओवादीलाई साथमा लिएर हि“ड्दा काङ्ग्रेसले आफ्नो मौलिक चरत्रि गुमाउ“दै गएको महामन्त्री गुरुङको तर्क छ । भन्छन्, "पार्टर्ीीेतृत्व आफूलाई माओवादीस“गै विर्सजन गर्ने दिशातिर गइरहेको छ ।"

यस समूहले पार्टर्ीीेन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउन पार्टर्ीीेतृत्वसमक्ष बारम्बार माग पनि गरेको छ  । तर, त्यसको सुनुवाइ नभएको उनीहरू बताउ“छन् । त्यति मात्र होइन, उनीहरूले आफूहरूले उठाउ“दै आएको मुद्दालाई पार्टर्ीीेतृत्वले गम्भीरतापर्ूवक नलिए आफ्नो पहलमा महाधिवेशनसमेत बोलाउने चेतावनी दिन थालेका छन् । र, आफ्नो धारणा कार्यकर्तासमक्ष पुर्‍याउन गोष्ठी-कार्यक्रमहरू पनि गर्दैछन् । पछिल्लोपटक यस समूहले माओवादीविरुद्घ र राजसंस्थाको निरन्तरताको पक्षमा पोखरामा एकदिने गोष्ठीसमेत राखेको थियो । माघ १२ गते पार्टर्ीीे भ्रातृ सङ्गठन, नेपाल किसान सङ्घका सभापति भानु सिग्देलले संयोजनमा सो कार्यक्रम भएको थियो । तर, गोष्ठीस्थलमै पार्टर्ीीार्यकर्ताहरूले विरोध जनाएपछि दर्ुइ पक्षबीच झडप हुने स्थितिसमेत बन्न पुग्यो ।

माओवादीप्रति निकै आक्रामक देखिने केन्द्रीय सदस्य विनयध्वज चन्द आफूहरूले गलत दिशातिर गइरहेको पार्टर्ीीई सही बाटोमा ल्याउन दबाब समूहको भूमिका खेलेको बताउ“छन् । आफूहरूले माओवादीस“ग पार्टर्ीी सहकार्य गरेर उसका हरेक मागमाथि सहीछाप लगाउन थालेदेखि नै पार्टर्ीीेतृत्वलाई खबरदारी गरेको तर नेतृत्वले गम्भीरतापर्ूवक नलिएको उनको गुनासो छ । तर, अहिले आएर आफूहरूले माओवादीको कार्यशैलीविरुद्घ उठाउ“दै आएको मुद्दा प्रमाणित ह“ुदै गएको उनको तर्क छ  । भन्छन्, "अब त पार्टर्ीीेतृत्वको माओवादीप्रति मोहभङ्ग हुनुपर्ने हो ।" उनको भनाइ केन्द्रीय सदस्य बडूमाथि गरएिको आक्रमण र 'जनपरष्िाद्' ब्यू“ताउने माओवादी निर्ण्र्ाा्रति लक्षित थियो ।

यस गुटस“गै नहि“डे पनि ठ्याक्कै यसकै विचारलाई बारम्बार अघि सार्दै आएकी अर्की पात्र हुन्, प्रधानमन्त्रीपुत्री तथा बिनाविभागीय मन्त्री सुजाता कोइराला । 'राजा खराब भए पनि राजसंस्था खराब हुन नसक्ने' भन्दै उनले कुनै न कुनै रूपमा राजसंस्थाको निरन्तरताको पक्षमा मन्त्री नियुक्त भएपछि पनि बोल्दै आएकी छन् ।

कोइरालाको द्विमुखी नीति

माओवादीस“ग 'न दूरी न नजिकको सम्बन्ध' राख्ने विचार अगाडि सार्दै आएको समूह पनि छ काङ्ग्रेसमा  । यद्यपि यसमा अनेक प्रवृत्ति र अनेक गुट-उपगुटहरू समाहित देखिन्छ । आफूलाई यही 'तटस्थ' समूह अर्न्तर्गत राख्न चाहनेमध्येका हुन्, ओमकारप्रसाद श्रेष्ठ । आफूहरूले कुनै लोभ, लालच वा कसैको भड्कावमा नभई मुलुकको र्सार्वभौमिकता र अखण्डतामा कुनै खलल नपुगोस् भन्ने आशयले मध्यमार्गी धार, जुन काङ्ग्रेसको पहिचान र विशेषता हो, मा अडेको बताउ“छन् । "काङ्ग्रेसले राजा र कम्युनिस्टहरूस“ग न दूरी न टाढाको मध्यमार्गी धार कहिले छोडनु ह“ुदैन । त्यो छोड्नासाथ मुलुक सङ्कटमा फस्छ," उनले बताए ।

काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले भने 'माओवादीमुखी' र 'राजामुखी' दुवै समूहलाई समानान्तर रूपमा अगाडि बढ्न दिएको देखिन्छ  । किनभने माओवादीस“गको सहकार्य कोइरालाका लागि बाध्यता हो । त्यो सहकार्य कुनै पनि बेला तोडिनसक्छ भन्ने आशङ्का पनि उनलाई छ । त्यसैले होला, उनले पार्टर्ीीत्र माओवादीस“गको सहकार्यविरोधी वा राजसंस्थाको निरन्तरताको पक्षधर रहेकाहरूमाथि कहिल्यै अनुशासनको डन्डा चलाउन चाहेनन् । एक काङ्ग्रेस नेताका शब्दमा, "गिरजिाबाबु नेपाली राजनीतिको बजारमा एउटै पसल मात्र चलाएर बस्ने स्वभावको हुनुहुन्न, सधै“ विकल्प लिएर हि“ड्ने उहा“को पुरानै शैली हो ।"

 

 

 

 
Last edited: 10-Feb-08 10:09 PM
Read Full Discussion Thread for this article