Posted by: MR_TRUTH February 10, 2008
माओवादीको कलम शाखा
Login in to Rate this Post:     0       ?        
काठमाडौं, (महानगर)। लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलनले राजा ज्ञानेन्द्रले लामो समयपछि मौनता भ� गर्दै असंवैधानिक वक्तव्य दिन प्रारम्भ गरेको भन्दै आपत्ति जनाएको छ।

आन्दोलनका संयोजक डा. देवेन्द्रराज पाण्डेले बिहान एक विज्ञप्ति जारी गर्दै राजाले वक्तव्यवाजी सुरु गरेर संविधानसभा निर्वाचन भाँड्न खोजेको आरोप लगाउनुभएको छ।

साथै, डा. पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ- सरकार र सातदलले सामेलीपूर्ण संविधानसभा निर्वाचनमा अग्रसर हुन राजा ज्ञानेन्द्र र सेनाको सम्बन्ध विच्छेद गरी निगरानी राख्न जरुरी छ।

राजा ज्ञानेन्द्रले गत सोमबार जापानी पत्रिकाका योमरी शिम्वुनका संवाददाता योसिओ हनाडालाई अन्तरवार्ता दिंदै संविधानसभाबाट राजतन्त्र हटाउने संसद्को हालैको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्।

नारायणहिटी राजदरबारमा जापानी सञ्चारकर्मीसँग कुरा गर्दै राजा ज्ञानेन्द्रले राजतन्त्रको भाग्यको फैसला गर्ने अधिकार जनतासँग मात्रै रहेको बताएका छन्।
Read Full Discussion Thread for this article