Posted by: BKMailo February 10, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

बाबुको बिहे गरिदिने छोरा

सबैका आमाबुबाले छोराछोरीको विवाह गरििदन्छन् । तर, सङ्खुवासभाका चन्द्र कार्कीले आफ्ना बाबुको विवाह गरििदए । माङतेवा-८ का बलभद्र कार्की, ७४, ले भोजपुर, कुलुङ-७ की विष्णु चौहान, २०, लाई माघ ९ गते विधिवत् रूपमा घर भित्र्याएका हुन्  । विष्णु बलभद्रभन्दा ५५ वर्षकान्छी छिन् ।

तीन छोरा, एक छोरी, १४ नातिनातिना र चार पनाति भएका कार्कीकी एक पनातिनीको विवाह गत मङ्सिरमा मात्र भएको थियो । राजीखुसीले विष्णुलाई आफ्नो कान्छी पत्नी स्वीकारेको बलभद्र बताउ“छन् । भन्छन्, "बा“चुन्जेखाना बनाएर दिन्छिन्, त्यसैका लागि विवाह गरेको हु“ ।"

एक वर्षघि पत्नीको निधन भएपछि बलभद्र एक्लो अनुभव गर्दै थिए । विष्णु स्थानीय ठोटनेरी माविमा कक्षा ७ मा पढ्दै थिइन् । खा“दबारी बस्ने बलभद्रका छोरा चन्द्रले विवाहका सबै सरसामान व्यवस्था मात्र गरििदएनन्, छोरीभन्दा कान्छी विष्णुलाई आमा बनाएर भित्र्याए । भन्छन्, "घरमा बुबा एक्लै हुनुहुन्थ्यो । विवाह गर्छर्ुुन्नुभयो, बुबाको इच्छा अनुसार हामीले विवाहको चा“जोपा“जो मिलाइदियौ“  ।"

Source: http://kantipuronline.com/Nepal/ankhijhal.php

Read Full Discussion Thread for this article