Posted by: waka February 10, 2008
छोरी सुजातालाई चिठ्ठी
Login in to Rate this Post:     0       ?        
 

                   
बन्द, शायद नेपालको राष्ट्रिय पर्ब
जुलुस, नेपालको महान जात्रा
भाषाण ,धाराबाहिक किम्बदन्ती
नेता,मिठो बोलेने पाखन्डी

बन्द ,
ए सुन त ,नेपाल बन्द है
किन
हाम्रो माग पुरा  नभएर
हाम्रो काम पुरा नभएर

पेट्रोलको भाउ बढ्यो
बजार भाउ बढ्यो
पानी आयन
बत्ती बलेन
अब त अत्ती भो
चक्का जाम ,टायर बालम
ढुङ्गा हानम ,शिशा फुटाम
.................
नौलो  समाधानको उपाए


जुलुस ,


हाम्रो माग पुरा गर
....रजिनामा दे
.....जिन्दाबाद
......मुर्दाबाद
धेरै टाउका बिना दिमाग
हुल उही सोझा जनता
मर्छ ,लडछ ,सडछ

भाषाण


नेपाल सिङगापुर बन्छ
सबै समस्या छु मन्तर हुन्छ
मेलाम्छी काठमान्डौ आउछ
सुरुङ मार्ग ,रेल मार्ग बन्छ
शान्ती अमन चयन को बेबस्था हुन्छ
रोजगारिको प्रबन्ध मिल्छ
एकै छिन्मा नेपाल माथि उठछ
ताली जोर सँग बज्छ
भाषाण सकिन्छ ,
नेपाल जहाको तही
अर्को भाषाण सम्म चुप रहन्छ
नेता,

             
भाषाण गरेर रगत तताउछ
शासन गरेर जगत कमाउछ
सिधान्त बेच्छ ,कुर्शी खोज्छ
देश लुटछ ,फुर्ती लडाउछ
आफ्नोलाई बनाउछ ,अरुलाई उडाउछ
भाग बन्डामा रमाउछ
आँफै झाक्री आँफै बक्सी
२०५ बाट ६०१ ....
अझ कती भाग बनाउछ
१० लाखमा गरम पन्थी होस् य नरम पन्थी
कर्तब्य र निस्ठा बिर्सी
बिजयको कुटिल हासो फुकाउछ        
 

Read Full Discussion Thread for this article