![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
urfrenrites जि,
धन्यबाद । समय निकालेर
पढिदिनु भयो । र महत्वपुर्ण कुरा उठाउनु भयो ।
सामान्य केटि भन्नाले
कस्तो? शायद यो प्रश्नको discrete उत्तर मसंग छैन । खालि abstract चाहाना मात्र । एउटि
केटि जो संग यो कथा को ‘म’ पात्र को बिहे हुन्छ त्यहि हो साधारण केटि । सामान्य
केटि । (equally applied to the ladies looking for a सामान्य केटा) । नेपाली मात्र होईन बिवाह गर्ने सोच र बेला भएका सबै मानिसमा
यो चाहाना होला सायद । त्यहि मानिसको भिड बाट कुनै एउटा मान्छे रोजेर जिवन साथि
बनाउने । यो एब्स्ट्रयाक कुरा गर्दा, मलाई त सबै मान्छे सामान्य लाग्छ स्टिफेन
ह्वकिन्स, बिष्णु कुमारि वाईवा(पारिजात), देवकटा जि , गगन थापा , वा त्यो कृष्ण
मन्दिर को आडमा बस्ने कुनै पनि मान्छे । हरेक मान्छे सामान्य त हुन नि, एक
हिसाबले। तपाई पनि म पनि । खोई त्यस्तै लाग्छ ।
तर जब कुरा आफुमा आउछ, ति
मध्ये कुनै एक मान्छे रोज्ने तब हरेक मान्छेका केहि न केहि बिशेसता निस्कन्छन् ।
केहि न केहि खुबि, केहि ब्यबहार, केहि बाध्यता । केहि मीलेका कुरा, केहि नमिल्ने
कुरा । केहि आफ्नो पन, केहि पराइ पन । रोजाई अब गाह्रो हुंदै जान्छ । अनि यहि
दोधार लाई लिएर कथा बुन्ने जमर्को गरेको हुं ।
कथा मन पराई दिनु भएको मा
धन्यबाद । शिर्षक को कुरा । जगटाधारि भाईको एउटा धागो मा यो लाईन खुब मन परेको
थियो । कथाको म पात्र को जस्तै अनेकौ बिवाह योग्य युवा जमातमा म पनि पर्छु । त्यहि
भएर छोएको होला मेरो मन, बिर्खे दाइ को मन, heartthrob जि को मन, जगाटाधारि को मन, शायद ।
अनि यहि लाईन बाट प्रेरित
भएर नै कथा बुनेको हुं । यो लाईनको स्थान त्यहि शिर्षकमा नै थियो । यो केटा को
मात्र समस्या होइन, केटि को पनि हो । बिबाह गर्ने decision
गरेपछि आउने परिस्थिति को हो ।
यदि यो लिङ्ग भेद
निम्त्यउने खालको देखिएको छ भने, म हार्दिक माफि माग्छु,यो साझा परिवार संग, मेरो
उधेश्य त्यो कदापि होइन ।
एक्लै बुनेको कुरा, एक्लै
लाए राम्रो नहोला, न्यानो पन नआउला, so यसो रंग बुट्टा, हेरिदिदै
गर्नु , बिग्रिएमा सम्झाईदिदै गर्नु । हजुर हरुकै मायाले त धागो बाटियो । नत्र दुई
सुता मै चुडीं हाल्थ्यो नि!!
अनि good critical comment
गरिदिनु भएको मा धन्यबाद । यि भएनन् र एकोहोरो
फुर्काइ मात्र भयो भने लेखाइ मात्तिन्छ ।
Thank you once again, for
time and suggestions..